PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अदालतमा पाँच दिनपछि पूर्व गृहमन्त्री खाण देखिँदाको दृष्य : उही भेष, उस्तै सम्बोधन!

अदालतमा पाँच दिनपछि पूर्व गृहमन्त्री खाण देखिँदाको दृष्य : उही भेष, उस्तै सम्बोधन!

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण हिरासत बसेको पाँच दिन भएको छ। बैशाख २७ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो।

पाँच दिनपछि आइतवार पुनः उनलाई म्याद थप गर्नको लागि अदालतमा हाजिर गरिएको छ। यस पटक भने खाणले सञ्चारकर्मीसँग आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको बताउन समेत भ्याएका छन्।

अदालतमा हाजिर भएका खाणको अनुहार भने केही मलिन झैँ देखिएको थियो। त्यस्तै पक्राउ गर्दा र पाँच दिनपछि हिरासत पुग्दा पनि त्यही लुगामा देखिएका थिए।

खरानी रंगको कोट, निलो प्वाइन्ट र क्याप लगाएका थिए। खाणले सञ्चारकर्मीलाई भने हात उठाएर सम्बोधन गरेका थिए। बैशाख २७ गते पनि अदालतमा उपस्थित गराउँदा यसरी नै हात उठाए सम्बोधन गरेका थिए।

उनीसँग समातिएका अन्यलाई पनि अदालतमा उपस्थित गराइको थियो। पूर्व गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राई भने ट्र्याक सुटमा देखिएका थिए। अर्का अभियुक्त सानु भण्डारी पनि राईको जस्तै ट्रायक लगाएर अदालतमा उपस्थित गराइएको थियो। नेता खाँण र राईलाई भने हथकडी लगाइएको  थिएन। बाँकी अभियुक्तलाई भने हथकडी लगाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell