PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

'शीर्ष नेता भ्रष्ट छन्, नेपाली जनता त्रस्त छन्' सिंहदरबारअगाडि नारा घन्किएपछि प्रहरी यसरी उत्रियो धरपकडमा

'शीर्ष नेता भ्रष्ट छन्, नेपाली जनता त्रस्त छन्' सिंहदरबारअगाडि नारा घन्किएपछि प्रहरी यसरी उत्रियो धरपकडमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै सिंहदरबारअगाडि प्रदर्शनमा उत्रेकाहरु प्रहरीको नियन्त्रणमा परेका छन्। आइतवार दिउँसो सिंहदरबारको दक्षिणढोकामा प्रदर्शनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको थियो। 'शीर्ष नेता भ्रष्ट छन्, नेपाली जनता त्रस्त छन्', 'शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर, तीन तहको सरकार : सुशासन, पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर', 'लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर' जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै उनीहरुले नाराबाजी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell