PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बर्दियाका गहनाहरु...

बर्दियाका गहनाहरु...

प्रवीण रानाभाट/पहिलोपोस्ट


जंगली जनावरबिनाको राष्ट्रिय निकुञ्ज पनि के राष्ट्रिय निकुञ्ज! तिनै जनावरका कारण नै राष्ट्रिय निकुञ्जको महत्व छ। यी जनावरहरु नहुँदा हुन् त नेपालले निकुञ्ज देखाएर पर्यटकलाई आमन्त्रण गर्ने अवस्था रहने थिएन।

नेपालका एक दर्जन राष्ट्रिय निकुञ्जमध्येको बर्दिया राष्ट्रिय निकुञ्ज विशेषगरी पाटेबाघ र एकसिंगे गैँडाको लागि निकै प्रख्यात। चितवन राष्ट्रिय निकुञ्जपछि मानिसहरु पाटेबाघ र एकसिंगे गैँडा हेर्न बर्दिया पुग्ने गर्छन्।

निकुञ्जमा देखिएको बाह्रसिंगे र त्यसको ढाडमा डाङ्ग्रे चरा।


९६८ वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज पाटेबाघ र एकसिंगे गैँडामात्रै होइन धेरै जंगली जनावर र चराचुरुङ्गीको वासस्थान हो। बाघ र गैँडा त आकलझुकल देखिने जनावर हुन् तर मृग, हरिण लगायतलाई भने यसको घाँसे मैदानमा अधिकांश समय चरिरहेको देखिन्छ।

अझ त्यसमाथि चराहरुको चिरबिर-चिरबिर आवाजले पनि बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनमा विशेष आनन्द थप्छ। यी जनावर र पन्छीहरु नै बर्दिया राष्ट्रिय निकुञ्जका गहनाहरु हुन्।

विश्वकै दुर्लभ जनावर एकसिंगे गैँडा र त्यसको ढाडमा रमाइरहेको काग।


बर्दिया राष्ट्रिय निकुञ्जका तिनै गहनाहरुलाई पहिलोपोस्टका फोटो पत्रकार प्रवीण रानाभाटले आफ्नो क्यामेरामा कैद गरेका छन् :

गर्मी छल्न जल सयर गरिरहेको पाटेबाघ।


बाँदरले आफ्नो बच्चालाई देखाएको स्नेह।


बथानको बिचमा एक उत्सुक चित्तल।


 

बर्दिया विभिन्न पन्छीहरुको पनि वासस्थान हो।
जल सयर गर्दै एकसिंगे गैँडा।
निकुञ्जभित्र चरिरहेका चित्तलको एक बथान।
मानिसको उपस्थितिले सशंकित चित्तल।
घाँसे मैदानमा चरिरहेका बाह्रसिंगेका बथान।


ट्रेन्डिङ पोस्ट

Ncell