PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तथागतलाई सम्झिँदै स्तूप परिक्रममा : बुद्ध जयन्तीका दिन बौद्धमा उल्लास

तथागतलाई सम्झिँदै स्तूप परिक्रममा : बुद्ध जयन्तीका दिन बौद्धमा उल्लास

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज २५६७औँ बुद्ध जयन्ती। रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो।

बुद्ध जयन्तीको अवसरमा बौद्धमा विविध कार्यक्रम आयोजना गरिएको छ। बिहानैदेखि बौद्ध स्तूप परिक्रमा गर्न मानिसको भिड लागेको छ। स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा भने बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ।

ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell