PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

हेर्नुहोस् हिउँले सेताम्मे पाँच पोखरीको मनमोहक ‘ड्रोनसट’

हेर्नुहोस् हिउँले सेताम्मे पाँच पोखरीको मनमोहक ‘ड्रोनसट’

प्रवीण रानाभाट/पहिलोपोस्ट


बैशाख महिनामा कहिले झरीले चिसो त कहिले कठ्याङ्ग्रिँदो जाडो। मौसमको यस्तो रुप काठमाडौं उपत्यकाका लागि सामान्य नै हो। झरी हाल्यो कि काठमाडौं वरपरका अग्ला पर्वत र हिमालमा हिउँ झरिहाल्ने।

काठमाडौंबाट पूर्वोत्तरमा रहेको पाँचपोखरीमा बैशाखभरि नै हिउँ थपिइरह्यो। फागुन र चैतको मध्यसम्म पग्ली नसकेको हिउँमाथि अरु हिउँ थपियो। बैशाख लाग्दा सेताम्मै भयो पाँचपोखरी।

सिन्धुपाल्चोकको प्रमुख मध्येको एक तीर्थस्थल हो पाँचपोखरी। यहाँ ‘अफ सिजन’मा परेको हिउँले डाँडाकाडाँ ढपक्कै ढाक्यो। राति चिसोले पाँचवटै पोखरीको माथिल्लो भाग जम्ने र घाममा पग्लने भइरह्यो।

 

त्यसमाथि फुसफुसाइरहेको हिउँले यहाँको सुन्दरतामा थप चमक ल्यायो। पाँचवटा पोखरीलाई एकै फ्रेममा चाहिँ यहाँ रहेको हेलिप्याड अथवा भ्यु पोइन्टबाट सजिलै देख्न सकिन्छ।

अझ त्यसमाथि ड्रोन उडाएर दृश्य लियो भने कस्तो होला? मानिसको गतिविधि करिब शून्य अवस्थामा हामी पाँचपोखरीमा पुगेका थियौं। एकमात्र टी हाउस हाम्रा लागि उपलब्ध थियो। बाँकी टी हाउसमा ताला लागेका थिए।

भूईजति सबै हिउँले सेताम्मे। पाँच पोखरीको यही दृश्य चराको नजरमा कस्तो हुन्छ होला? जवाफ ड्रोनबाट खिचिएका यी दृश्यहरुले देखाइरहेको छ-



ट्रेन्डिङ पोस्ट

Ncell