PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?



पहिलोपोस्ट

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

काठमाडौं : बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरिन्।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्। उनले शोषण गर्नेमा  एक जना फोटोपत्रकार र कन्सल्टेन्सी संचालक रहेको बताएकी छिन्।

उनले आफूमाथि भएको बलात्कार र पीडकहरुको बारेमा त्यस समय मिस नेपाल २००२ माल्भिका सुब्बालाई समेत जानकारी दिएको बताएकी छिन्। तर, माल्भिकाले गैर जिम्मेवार तरिकाले युवतीलाई आफूले केही गर्न नसक्ने उत्तर दिएको भिडियोमा उनले बताएकी छिन्। हाल युवतीको ‘खुलासा’ सामाजिक संजालमा भाइरल भइरहेको छ।

धेरैजनाले माल्भिकाको ‘फेमिनिस्ट’ छविमाथि प्रश्न उठाउँदै प्रश्न गरिरहेका छन्। पीडित युवतीले पीडकहरुको नाम नभने पनि सामाजिक संजाल प्रयोगकर्ताहरुले भने पीडकको तस्विर सार्वजनिक गरेर न्यायको लागि आवाज उठाइरहेका छन्।

सामाजिक संजालमा प्रश्न उठेपछि माल्भिकाले आफ्नो इन्स्टाग्राम अकाउन्ट कमेन्ट गर्न नमिल्ने बनाएकी छिन्। युवतीको भिडियो भाइरल भएपछि माल्भिकाले दिएको जवाफको स्क्रिनसट पनि अहिले चर्चामा छ।

युवतीले सार्वजनिक गरेको स्क्रिनसटमा माल्भिकाले आफूलाई त्यसबेला नाबालिगमाथि हुने बलात्कारको कानुनबारे थाहा नभएको उल्लेख गरेकी छिन्। उनले युवतीसँग माफी पनि मागेकी छिन्। युवतीले भने माल्भिकाको १२ लाइनको ‘जस्टिफिकेशन’ले त्यो बेलाको घटना बिर्सन नसक्ने बताएकी छिन्।

युवतीले आफ्नो भिडियोमा उक्त घटनापछि पनि आफूसँग भएका अन्य यौन दुर्व्यवहारका घटनाहरु सार्वजनिक गरेकी छिन्।

टिकटकले उनको अकाउन्ट बन्द गरिदिए पनि उनको इन्टाग्राममा ती भिडियो अझै छन्। साथै, ट्वीटरमा पनि ती भिडियोहरु छन्।

भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहँदा प्रहरीमाथि कारवाही अघि बढाउन दबाब पनि बढेको छ।

केही दिन अघि काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारको जितहारमा बाजी थापेको पर्चा सार्वजनिक भएपछि प्रहरी बाजी राख्नेहरु कहाँसम्म पुगेको थियो। यसरी सार्वजनिक भएको यौन दुर्व्यवहारको मुद्दामा प्रहरीले के गर्ला, त्यो हेर्न बाँकी छ।

सम्बन्धित समाचार: 

यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

फलो अप समाचार 

बलात्कार भोगेकी युवतीको खुलासापछि प्रहरीले थाल्यो अनुसन्धान

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell