PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन



पहिलोपोस्ट

यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

काठमाडौं : मिस नेपाल २०१८ ले श्रृंखला खतिवडाले ब्युटी प्याजेन्टको नाममा भएको यौन शोषण बाहिर ल्याएकी युवतीको साथमा आफूहरु रहेको प्रतिक्रिया दिएकी छिन्।

‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टबाट सार्वजनिक भिडियोमा रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन हिंसाको घटनाको खुलासा गरेकी थिइन्। जसमा उनले ब्युटी प्याजेन्टका क्रममा आफू माथि बलात्कार भएको र उक्त घटनाबारे जानकारी दिँदा कसैले सहयोग नगरेको उल्लेख गरेकी थिइन्। युवतीका अनुसार घटना भएको बेला उनको नागरिकता समेत बनेको थिएन। जसमा उनले मिस नेपाल २००२ माल्भिका सुब्बाको नाम समेत लिएकी छिन्।

भिडियोका क्रममा आफूले घटनाबाट ‘डिप्रेस्ड’ भएर आत्महत्या गर्ने प्रयास गरेको समेत खुलाएकी थिइन्। यस्तै, समय समयमा आफू नै गलत हो कि भनेर सोच्न पुगेको उनले बताएकी थिइन्।

भिडियो सामाजिक संजालमा भाइरल भएपछि पीडित युवतीको पक्षमा अहिले धेरैले बोलिरहेका छन्।

श्रृंखलाले ट्वीटरमा घटनामा उनको केही दोष नगरेको र उनको साथमा आफूहरु रहेको बताएकी छिन्। श्रृंखलाले ती युवतीको आवाजले अन्य पीडितलाई बोल्ने साहस मिलेको भन्दै कानुनले न्याय दिनेमा आफू आशावादी रहेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell