PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान



पहिलोपोस्ट

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान
प्रहरी प्रधान कार्यालयको फाइल फोटो।

काठमाडौं : बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्। शोषण गर्नेमा एक जना फोटोपत्रकार र कन्सल्टेन्सी संचालक रहेको उनले बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

'हामीले पनि सामाजिक सञ्जालबाट जानकारी आएपछि अनुसन्धान सुरु गरेका छन्। यस घटनासँग सम्बन्धितसँग सम्पर्कदेखि अन्य काम भइरहेको छ,' नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भने।

सम्बन्धित समाचार : बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

युवतीले आफूमाथि भएको बलात्कार र पीडकहरुको बारेमा त्यस समय मिस नेपाल २००२ माल्भिका सुब्बालाई समेत जानकारी दिएको बताएकी छिन्। तर, माल्भिकाले गैर जिम्मेवार तरिकाले युवतीलाई आफूले केही गर्न नसक्ने उत्तर दिएको भिडियोमा उनले बताएकी छिन्। हाल युवतीको ‘कन्फेसन’ सामाजिक संजालमा भाइरल भइरहेको छ। धेरैजनाले माल्भिकाको ‘फेमिनिस्ट’ छविमाथि प्रश्न उठाउँदै प्रश्न गरिरहेका छन्। पीडित युवतीले पीडकहरुको नाम नभने पनि सामाजिक संजाल प्रयोगकर्ताहरुले भने पीडकको तस्बिर सार्वजनिक गरेर न्यायको लागि आवाज उठाइरहेका छन्।

तर अहिलेसम्म किशोरीले प्रहरीमा उजुरी दिएकी छैनन्। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा पनि यौनसम्बन्ध राख्न‍ निषेध गरेको छ। घटना भएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा कम देखिएको छ।

यस्ता, प्रकृतिका घटनामा प्रहरी कम संवेदनशील हुने गरेको मानवअधिकारकर्मी मोहना अन्सारी बताउँछिन्।

सम्बन्धित समाचार : यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell