PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सामाजिक संजालमार्फत् एक युवतनीले आफूमाथि यौन हिंसा भएको खुलासा गरेपछि देशका विभिन्न भागमा उनको समर्थनमा प्रदर्शन भइरहेको छ। आज काठमाडौंको माइतीघर र पोखरामा युवतीको लागि न्याय माग्दै प्रदर्शन भएको छ।

सयौंको संख्यामा युवाहरु स्वतस्फूर्त रुपमा पीडित युवतीलाई न्याय माग्दै अभियानमा जोडिएका छन्। हिजो बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका उनीहरुले आज माइतीघरमा ‘फ्ल्यास मब’ पनि प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका युवाहरुले बलात्कार भोगेकी युवतीलाई न्याय मागेका थिए। साथै, उनीहरुले बलात्कारको घटनामा हद म्यादको प्रावधान खारेज गर्नुपर्ने माग राखेका थिए। उनीहरुले ब्यानरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बढ्दो महिला हिंसाको घटनाको विरुद्ध सहयोग गर्न सक्छौ? भनेर प्रश्न समेत गरेका छन्। 

सम्बन्धित समाचार : हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार



ट्रेन्डिङ पोस्ट

Ncell