काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै काठमाडौंमा प्रर्दशन भएको छ। राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको हनुमानथानमा प्रर्दशन गरेको हो। उनीहरुले ‘सेतो जुँगा कालो मन, सीसीटीभी फुटाउने मै हुँ भन’ लगायतका विभिन्न नारा लगाउँदै प्रर्दशन गरेका थिए। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको प्रश्न उठेपछि उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको फुटेज मागेको थियो। तर, अर्थ मन्त्रालयले…
भक्तपुर : बोडेमा रहेको सांस्कृति महत्वको पलेस्वाँ पुखु (कमलपोखरी)लाई निजी बनाइ २०४२ सालमा बिक्री गरियो। कान्छी पोडेनीको नाममा पोखरीलाई दर्ता गराइ खरिद बिक्री गरियो। एकपटक होइन पटकपटक। तर, सार्वजनिक पोखरी खरिद बिक्री भए पनि कसैले उपभोग गर्न भने सकेका थिएनन्। स्थानीयले आफ्नो संस्कृतिसँग जोडिएको उक्त पोखरी बचाउन भूमाफियाविरुद्ध प्रतिकार गरिरहे। पोखरी पुर्न प्रयास गर्न आउनेहरुलाई स्थानीयले लखेटे पनि। पोखरी संरक्षणका…
भक्तपुर : भक्तपुरको टौमढीस्थित न्यातपोल(ङातापोल) मन्दिरमा वर्षबन्धन पूरा गरी झण्डोत्तलन गरिएको छ। नेपाल संवत् ८ सय २२ मा आजकै दिन निर्माण सम्पन्न भएको मन्दिरमा सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो। स्थानीय भाषामा यसलाई ‘भूषादान’ भनिन्छ। मन्दिर निर्माण कार्य पूरा भएर गजुर हालेको स्मरणमा हरेक वर्ष यसरी झण्डा फहराउने गरिन्छ। मन्दिरको पहिलो तल्लाबाट चढ्दै पाँचौ तल्लासम्म पुगेर…
भक्तपुर : राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धान रोपाइँ गरेका छन्। भक्तपुरको सिरुटारमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको रोपाइँ महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन्। श्रीमती राधिका शाक्यसँगै उनले मेसिनबाट खेतमा धान रोपेका हुन्। ओलीले धान रोपाइँ गरेपछि महोत्सवमा सहभागीहरुले पनि धान रोपेका थिए। असारे भाका गाउँदै महासंघ सदस्यहरुले धान रोपाइँ गरेका थिए।
काठमाडौं : आजबाट ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन सुरु गरिएको छ। असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२…
भक्तपुरः आज भलभल अष्टमी। भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ। नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वाःपा बनाउने गरिन्छ। पढ्नुस : देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा के हुन्छ? मंगलबार दिउँसो भक्तपुरको नवदुर्गा मन्दिरमा विधिवत् पूजासँगै बहास्…
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो। नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका थिए। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग,…
काठमाडौं : निर्वाचन आयोगले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरेर मतदाता नामावाली संकलन गरिरहेको छ। असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम संचालन भएको हो। मतदाता नामावली दर्ता गराउन अनामनगरस्थित निर्वाचन आयोगको काठमाडौं जिल्ला कार्यालयमा भिड लागेको छ। बिहानैदेखि उमेर पुगेका नागरिकहरु मतदाता परिचयपत्र बनाउन पुगिरहेका छन्। यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता…
असार लागेसँगै रोपाईको चटारो शुरु भएको छ। शहरदेखि गाउँसम्म धान खेतहरुमा रोपहार, बाउसे र हलीलाई भ्याइनभ्याई छ। यसपटक मनसुन पनि चाँडै भित्रिएकाले रोपाईको चटारो परेको किसानहरु बताउँछन्। भक्तपुरको उत्तरी भेगमा पनि यसरी नै रोपाई शुरु भएको छ। भक्तपुस्थित चाँगुनारायण नगरपालिकाको चाँगुनारयण क्षेत्रमा बुधवार भएको रोपाईको दृश्य :
काठमाडौं : नागरिकता पाउनुपर्ने माग गर्दै राजधानीको माइतीघरमा धर्ना दिइएको छ। लुम्बिनी प्रदेशका नागरिकता बिहीन व्यक्तिहरुले नागरिकताको माग गर्दै धर्ना गरेका हुन्। नागरिकता बिहीन नागरिक संघर्ष समितिको आयोजना भएको धर्नामा नागरिकता नभएर गुमाउनु परेको सेवा सुविधानको क्षतिपूर्ति पाउनुपर्ने माग समेत गरेका छन्। नागरिकता विधेयक हाल संसदमा विचारधीन छ। उक्त विधेयकलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर पारित गराउन पनि उनीहरुले माग गरेका छन्।
काठमाडौं : इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो। प्रदर्शनकै क्रममा प्रदर्शनकारीहरुले सरकारी गाडीको चाबी खोस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको बताइएको छ। इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध…
काठमाडौं : इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको हो। इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको थियो। यातायात व्यवस्था…
काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ। सोमवार १० जनाको शव काठमाडौं ल्याइएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट सोमवार १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। प्रतिकूल मौसमका कारण सोमवार ल्याउन नसकिएका शवहरु सेनाकै हेलिकोप्टरबाट मंगलवार ल्याइएको हो। शवहरु…
काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको सम्झनामा आज काठमाडौंमा नाटक प्रदर्शन गरिएको छ। घटनाको सम्झनामा माइतीघरमा सभा आयोजना गरिएको छ। नागरिक आन्दोलन र विभिन्न समूहले आयोजना गरेको सभामा नाटक प्रदर्शन गरिकएको हो। उनीहरूले नाटकको माध्यमबाट पनि घटनाबारे आक्रोश व्यक्त गरेका थिए। २०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका…
काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको अवसरमा आज काठमाडौंमा मार्च गरिएको छ। माइतीघरमा युवाले ‘भेरी प्रतिरोध मार्च’ गरेका हुन्। मार्चमा सहभागीहरुले ‘जुन थितिमा जात छ, मान्छे त्यहाँ दास छ’, ‘धर्मको आड लिएर जातको सत्ता बनायौ, जातकै सत्ता पालेर प्रेमको घाँटी समायौ’ लगायतका पर्चा बोकेर प्रदर्शन गरेका थिए। २०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल…
काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले उँभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ २ गते उँभौली परेको थियो। शनिवार टुँडिखेलमा उँभौलीकै अवसरमा सांस्कृति कार्यक्रम आयोजना गरियो। किराँती भेषमा युवादेखि वृद्धवृद्धाहरु टुँडिखेलमा भेला भएर साकेला नृत्य गरेका थिए। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि उभौली मनाइने परम्परा रहेको…
काठमाडौं : सामाजिक संजालमार्फत् एक युवतनीले आफूमाथि यौन हिंसा भएको खुलासा गरेपछि देशका विभिन्न भागमा उनको समर्थनमा प्रदर्शन भइरहेको छ। आज काठमाडौंको माइतीघर र पोखरामा युवतीको लागि न्याय माग्दै प्रदर्शन भएको छ। सयौंको संख्यामा युवाहरु स्वतस्फूर्त रुपमा पीडित युवतीलाई न्याय माग्दै अभियानमा जोडिएका छन्। हिजो बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका उनीहरुले आज माइतीघरमा ‘फ्ल्यास मब’ पनि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका…
काठमाडौं : राष्ट्रिय सभागृह बाहिर अहिले काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) का समर्थकहरु भेला भएका छन्। उनीहरुले बाहिर ‘सागर बसन्ते कृष्णे, बालेन्द्र नै हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन्। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा बालेनले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ (सिंह) र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्।…
काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा भएको मतदानको मतगणना जारी छ। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ (सिंह) र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्। बालेनपछि सिर्जनाले अग्रता कायम गरेकी छिन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाट मदनदास श्रेष्ठ, विवेकशील…
काठमाडौँः स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ। संघीय संरचनामा दोस्रोपटक निर्वाचन हुन लागेको हो। यसअघि पहिलो पटकको निर्वाचन तीन चरणमा सम्पन्न भएकोमा योपटक एकैचरणमा सबै स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि उपत्यकामा रहेका सर्वसाधरण आ–आफ्नो जिल्ला प्रस्थान गरिसकेका छन्। उपत्यका बाहिर रहेका सर्वसाधरण मतदानका लागि आफ्नो जिल्ला प्रस्थान गरेपछि सडकमा सवारी चाप समेत कम भएको छ। सडक सुनसान देखिएका छन्।