PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माइतीघरदेखि बानेश्वसम्म मिटरब्याज पीडितहरुको 'मार्चपास'

माइतीघरदेखि बानेश्वसम्म मिटरब्याज पीडितहरुको 'मार्चपास'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटरब्याज पीडितहरु फेरि काठमाडौं आएका छन्। मिटर ब्याजविरुद्धको कानुन पारित गराउन र सरकारसँग भएको सहमति  कार्यान्वयन गराउन भन्दै उनीहरु राजधानी आएका हुन्। महोत्तरी, सिरहा लगायत तराईका जिल्लाबाट उनीहरु आएका हुन्। 

नेकपा एमालेको अवरोधका कारण मिटरब्याज सम्बन्धी विधेयक पारित गर्ने कार्यसुची नै प्रभावित भएको थियो। वैशाख २० मा सरकारले मिटरव्याज पीडितका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याएको थियो। ६० दिनभित्र अध्यादेश निस्क्रिय हुने संविधानको व्यवस्था अनुसार निस्क्रिय भएपछि हाल कानुनी रिक्तताको अवस्था छ।

 

त्यसकारण आज मिटरब्याज विरुद्धको संघर्ष समितिले कानुन पारित गराउन दबाब दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका थिए। उनीहरुले संसद भवन घेराउ कार्यक्रम निर्धारण गरे पनि निषेधित क्षेत्र पार गरेनन्।



ट्रेन्डिङ पोस्ट

Ncell