PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • सिथि नख: मा भक्तपुरका स्थानीय जुटे पानीको स्रोत सफा गर्न, यसरी बनाइँदैछ हिति र इनारलाई स्वच्छ

     सिथि नख: मा भक्तपुरका स्थानीय जुटे पानीको स्रोत सफा गर्न, यसरी बनाइँदैछ हिति र इनारलाई स्वच्छ

    भक्तपुर : आज सिथि नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। यसदिन उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, दुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गर्ने चलन छ।अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएका स्रोतहरु सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको अन्तिम चाडका रुपमा नेवारहरु आफ्नो नजिकका…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा नारा : सिंहदरबार बालुवाटार, जताततै भ्रष्टाचार

    माइतीघरमा नारा : सिंहदरबार बालुवाटार, जताततै भ्रष्टाचार

    काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा मजदुरहरुले प्रदर्शन गरेका हुन्। भुटानी शरणार्थी प्रकरणलाई 'मानव तस्करी' भन्दै उनीहरुले संलग्नहरुलाई कडा कारवाही हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए।  पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि गृहमन्त्रालयको…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा उखु किसानको धर्ना : सरकारसँग अनुदान माग

    माइतीघरमा उखु किसानको धर्ना : सरकारसँग अनुदान माग

    काठमाडौं : कपिलवस्तबाट आएका किसानले माइतीघरमा धर्ना दिइरहेका छन्। सरकारसँग अनुदान माग्दै किसानले प्रदर्शन गरेका हुन्।  उनीहरुले उखुको मूल्य निर्धारण हुनुपर्ने, उखु बापत रकम पाउनुपर्ने किसानले पैसा पाउनुपर्ने, ट्रयाक्टर किक्न भन्सारमा सहुलियत दिनुपर्ने लगायतको माग राखेका छन्।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको सवारीले तनावपूर्ण बन्ने सुन्धारा क्षेत्र आज भने शान्त

    राष्ट्रपतिको सवारीले तनावपूर्ण बन्ने सुन्धारा क्षेत्र आज भने शान्त

    काठमाडौं : राष्ट्रपतिको सवारी हुँदा अघिल्ला वर्षहरुमा काठमाडौंको सुन्धरा क्षेत्रको सवारी व्यवस्था अस्तव्यस्त बन्ने गरेको थियो। धेरैले राष्ट्रपतिको सवारी हुँदा सडक आवागमन असर पर्ने भन्दै पहिलै वैकल्पिक बाटो रोज्थे। जसले थाहा पाउँदैन थिए वा पाए पनि वास्ता गर्दैनथे तिनीहरु त्यही रुटबाट यात्रा गर्थे र दिनभरको ट्राफिक जाममा फस्थे। काठमाडौंको सुन्धरा क्षेत्रमा ट्राफिक जामको कडा असर देखिन्थ्यो। तर आज राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको…

    विस्तृतमा पढ्नुस्

  • ‘यो भ्रष्टाचारमात्रै होइन, मानव तस्करी हो’ : माइतीघरमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

    ‘यो भ्रष्टाचारमात्रै होइन, मानव तस्करी हो’ : माइतीघरमा अखिल (क्रान्तिकारी)को प्रदर्शन

    काठमाडौं : सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेपछि ‘हाई प्रोफाइल’ व्यक्तिहरु पक्राउ परेका छन्। यो प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरिसकेको छ। यो प्रकरणमा अन्य थुप्रै ‘हाई प्रोफाइल’ नेताहरु पनि मुछिएका छन्। जसमा प्रहरीले अनुसन्धान गरिरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले धमाधम पक्राउ गर्न थाले पछि जनस्तरबाट यसको समर्थन…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा शिक्षक तथा विद्यालय कर्मचारीको प्रदर्शन : पेशागत सुरक्षा र वृत्ति विकासको माग

    माइतीघरमा शिक्षक तथा विद्यालय कर्मचारीको प्रदर्शन : पेशागत सुरक्षा र वृत्ति विकासको माग

    काठमाडौं : विभिन्न माग राखेर शिक्षक तथा विद्यालय कर्मचारी विरोध प्रदर्शनमा उत्रिएका छन्। पेशागत सुरक्षा र वृत्ति विकासलगायतका मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। नेपाल शिक्षक महासंघको आह्वानमा विरोध प्रदर्शन गरिएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब बृद्धि गर्नुपर्ने, शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णमा बज्यो ढोल र झ्याम्टा : उँभौलीमा यसरी रमाए किराँती

    गोकर्णमा बज्यो ढोल र झ्याम्टा : उँभौलीमा यसरी रमाए किराँती

    काठमाडौं : बैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ। उँभौलीको अवसरमा काठमाडौंको गोकर्णमा पनि साकेला गुञ्जिएको छ। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराँती युवाले ढोल र झ्याम्टामा कम्मरसमेत मर्काए। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा…

    विस्तृतमा पढ्नुस्

  • युवा संघले जलायो प्रधानमन्त्रीको पुतला, अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको भन्दै विरोध

    युवा संघले जलायो प्रधानमन्त्रीको पुतला, अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको भन्दै विरोध

    काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। शनिवार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन नजिकै युवा संघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। पूर्व अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको विरोधमा युवा संघ विरोधमा उत्रिएको हो। युवा संघका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए। युवा संघले शुक्रवार पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष ओलीलाई कालो झण्डा देखाएको विरोधमा एमाले कार्यकर्ताको प्रदर्शन : प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी

    अध्यक्ष ओलीलाई कालो झण्डा देखाएको विरोधमा एमाले कार्यकर्ताको प्रदर्शन : प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी

    काठमाडौं : गृहजिल्ला झापादेखि इलाम पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको अवरोधको एमालेले विरोध गरेको छ। काठमाडौंको प्रदर्शनीमार्ग पुगेर युवा संघलगायत एमालेका विभिन्न भ्रातृ संगठन ओलीमाथि कालो झण्डा देखाएको विषयलाई लिएर विरोधमा उत्रिएको हो।   बुधवार ओली झापा पुग्दा कोसी नामकरणको विरुद्ध प्रदर्शनरत पक्षधरले कालो झन्डा देखाएका थिए भने बिहीवार इलाम जाँदा सवारीमै अवरोधको प्रयास भएको थियो। ओलीले इलाम…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना : नवउद्यमीहरुलाई हतोत्साहित नगर!

    महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना : नवउद्यमीहरुलाई हतोत्साहित नगर!

    काठमाडौं : नवउद्यमीहरूलाई उद्यम सुरु गर्न चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने मागसहित धर्ना सुरु गरिएको छ। राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु भएको हो। शुक्रवार माइतीघरस्थित बानेश्वर जाने सर्भिसलेनलाई बन्द गरेर धर्ना कार्यक्रम भइरहेको छ। अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने कामका लागि ठोस…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकबाट न:बहाल पुग्यो रातो मछिन्द्रनाथको रथ, तस्विरमा रथयात्राको उल्लास

    पुल्चोकबाट न:बहाल पुग्यो रातो मछिन्द्रनाथको रथ, तस्विरमा रथयात्राको उल्लास

    ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर न:बहालसम्म पुर्‍याइएको छ। आज गा:बहालसम्म रथ पुर्‍याइनुपर्ने भए पनि रथ हल्का ढल्केकोले न:बहालसम्ममात्रै रथ पुर्‍याइएको हो। भोलि भने रथलाई मिलाएर गा:बाहाल पुर्‍याइनेछ। भोलि गा:बहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मंगलबजार पुर्‍याइनेछ। उपत्यकाको सबैभन्दा लामो जात्राका…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट पार्टीको स्थापना दिवस यस्तो देखियो खुल्लामञ्चमा

    कम्युनिस्ट पार्टीको स्थापना दिवस यस्तो देखियो खुल्लामञ्चमा

    काठमाडौं : नेपालका कम्युनिस्ट पार्टीहरुले शनिवार आफ्नो पार्टीको स्थापना दिवस मनाइरहेका छन्। कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीदेखि साना साना कम्युनिस्ट पार्टीले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीले राजधानीको खुल्ला मञ्चमा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, माओवादी…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनमा मिटरब्याज पीडितको 'फ्ल्याब्याक' शैली : पोस्टरमा गृहमन्त्री नारायणकाजीको 'भिलेन' अवतार!

    आन्दोलनमा मिटरब्याज पीडितको 'फ्ल्याब्याक' शैली : पोस्टरमा गृहमन्त्री नारायणकाजीको 'भिलेन' अवतार!

    काठमाडौं : मिटरब्याज पीडितको आन्दोलन काठमाडौंमा जारी छ। देशका विभिन्न स्थानबाट काठमाडौं आइपुगेका पीडितहरुले सिंहदरबारलाई आन्दोलनको केन्द्रविन्दु बनाएको छ। मिटरब्याज पीडित आन्दोलनमा उत्रँदा प्रहरीले भने भद्रकालीबाट अघि बढ्न दिइरहेको छैन। यसैक्रममा आन्दोलनमा बल प्रयोग भएको भन्दै मिटरब्याजपीडित संसद भवन नयाँ बानेश्वरमा पनि पुगे। उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कारण आफूहरुले लाठी र अश्रृग्यास खानुपरेको दुखेसो पोखिरहेका छन्। यतिमात्र हैन शनिवार पीडितहरुले…

    विस्तृतमा पढ्नुस्

  • इद मुबारक : विशेष नमाज पाठपछि ठूलाबडाबाट आशीर्वाद लिएर मनाइयो इदउल फित्र

    इद मुबारक : विशेष नमाज पाठपछि ठूलाबडाबाट आशीर्वाद लिएर मनाइयो इदउल फित्र

    काठमाडौं : शनिवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाएका छन्। विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोक पुगे रातो मछिन्द्रनाथ, तस्विरमा रथारोहण

    पुल्चोक पुगे रातो मछिन्द्रनाथ, तस्विरमा रथारोहण

    ललितपुरः लोकेश्वर बुंग्द्यः (रातो मछिन्द्रनाथ) लाई शुक्रबार रथारोहण गराइएको छ। पाटनको तःबहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा विराजमान गराइएको हो। रातो मछिन्द्रनाथलाई रथमा पुर्‍याइएसँगै पाटनमा एक महिना लामो जात्रा सुरु भएको छ। अब केही दिनमा रथयात्रा हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको दमनविरुद्ध मिटरब्याज पीडितको मार्च : गृहमन्त्री र सांसदहरुमाथि प्रश्नैप्रश्न

    प्रहरीको दमनविरुद्ध मिटरब्याज पीडितको मार्च : गृहमन्त्री र सांसदहरुमाथि प्रश्नैप्रश्न

    काठमाडौं: बुधवार मिटर ब्याज पीडित प्रहरीविरुद्ध खनिएका देखिन्थे। प्ले कार्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि प्रश्न उठाइएको थियो। 'जनवादी गृहमन्त्री कहाँ गए, साहुको धोती मुनि हराए', काजीसाहेब गफ तिम्रा बडा बडा अब त भरियो पापको घडा, क्या बढिया आदेश तिम्रा, मिटरब्याजीलाई छाड्दे खुल्लम खुल्ला! पीडितको चाहिँ टाउको फुटा, भुइँमा लडा!!' यस्तै यस्तै नारा लेखिएको प्ले कार्ड देखाउँदै नयाँ बानेश्वरस्थित संसद भवन…

    विस्तृतमा पढ्नुस्

  • बेथितिको पराकाष्ठा : केही दिन यसैगरी चलिरह्यो भने सिंहदरबार ढाकिनेछ फोहोरले (फोटो फिचर)

    बेथितिको पराकाष्ठा : केही दिन यसैगरी चलिरह्यो भने सिंहदरबार ढाकिनेछ फोहोरले (फोटो फिचर)

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले १० दिन अघि फेसबुकमा लेखे : आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चै त्यही दिनदेखि सिंहदरबारको फोहोर महानगरले उठाएको छैन। सिंहदरबारमात्रै होइन महानगरले राष्ट्रपति भवन तथा संघीय सरकारका पदाधिकारीहरूको निवासबाट पनि फोहोर उठाएको छैन। दैनिक ठूलो मात्रामा फोहोर निस्किने सिंहदरबारबाट १० दिनदेखि फोहोर नउठेपछि भित्रै थुप्रिएको छ। सिंहदरबारभित्रै फोहोर कुहिने र कुहिने गरी छुट्याउन थालिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको गेटमा राखिएको सेतो फोक्सो एकाएक भयो कालो, काठमाडौंको वायु संसारकै प्रदूषित

    स्वास्थ्य मन्त्रालयको गेटमा राखिएको सेतो फोक्सो एकाएक भयो कालो, काठमाडौंको वायु संसारकै प्रदूषित

    काठमाडौं : काठमाडौं उपत्यकामा आइतवार बिहान धुम्म थियो। तुवाँलोले कतै चिसो अनुभव थियो भने कतै गर्मी।  कतिपयले सास फेर्नसमेत मुश्किल भएको बताउँदै थिए, भने कतिपयले आँखा पिरो भएको। त्यसैले धुलोधुवाँबाट बच्न मास्क धेरैले मास्क लगाउन थालेका छन्।  ‘आइक्यू एयर’का अनुसार काठमाडौंको वायु आज संसारकै प्रदूषित सहर देखिएको छ। काठमाडौंको वायुको गुणस्तर निकै खराब रहेको देखिएको छ। पहिलो दिनको फोक्सो। ‘आइक्यू एयर’ले काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बिस्का जात्राको उल्लास : ठड्याइयो य:सिं, बाँकी चारदिन के के हुन्छ?

    भक्तपुरमा बिस्का जात्राको उल्लास : ठड्याइयो य:सिं, बाँकी चारदिन के के हुन्छ?

    काठमाडौं : भक्तपुरको भेलुखेलमा य:सिं (स्थानीय भाषामा ल्योसिंद्यो) ठड्याइएको छ। बिस्काको चौथो दिन आज राति य:सिं ठड्‍याइएको हो।आज ठड्याइएको य:सिं भोलि  राति ढालिनेछ।  य:सिं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ। य:सिं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा…

    विस्तृतमा पढ्नुस्

  • न्यातापोलमा गुञ्जियो धिमे, हाकुपतासिमा नृत्यसँगै झुम्यो भक्तपुर

    न्यातापोलमा गुञ्जियो धिमे, हाकुपतासिमा नृत्यसँगै झुम्यो भक्तपुर

    भक्तपुर : बिस्का: जात्रा सुरु हुन अब केही दिन मात्रै बाँकी छ। ८ दिन लामो हुने यो पर्वमा भक्तपुर झुम्ने गर्छ। यसबिच आज नयाँ वर्ष २०८० को स्वागत र बिस्का: जात्रा अवसरमा स्वागतमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। श्री नास है:मा बाजा खल: ले आयोजना गरेको कार्यक्रममा न्यातापोल मन्दिर अघि हाकु पतासी लगाएका युवतीहरुले नृत्य प्रदर्शन गरेका थिए। यस्तै,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell