PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

अध्यक्ष ओलीलाई कालो झण्डा देखाएको विरोधमा एमाले कार्यकर्ताको प्रदर्शन : प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी

अध्यक्ष ओलीलाई कालो झण्डा देखाएको विरोधमा एमाले कार्यकर्ताको प्रदर्शन : प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : गृहजिल्ला झापादेखि इलाम पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको अवरोधको एमालेले विरोध गरेको छ। काठमाडौंको प्रदर्शनीमार्ग पुगेर युवा संघलगायत एमालेका विभिन्न भ्रातृ संगठन ओलीमाथि कालो झण्डा देखाएको विषयलाई लिएर विरोधमा उत्रिएको हो।  

बुधवार ओली झापा पुग्दा कोसी नामकरणको विरुद्ध प्रदर्शनरत पक्षधरले कालो झन्डा देखाएका थिए भने बिहीवार इलाम जाँदा सवारीमै अवरोधको प्रयास भएको थियो। ओलीले इलाम पुगेर प्रतिकारमात्र उत्रने चेतावनी दिएका थिए। त्यसै गरी युवा संघले बिहीवार नै विज्ञप्ति निकाल्दै प्रतिवादमा उत्रने चेतावनी दिएको थियो।

ओलीले आफूलाई अवरोध गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको मान्छेहरु लागेको आरोप लगाएका थिए। शुक्रवार प्रदर्शनीमार्गबाट पुतलीसडक हुँदै शान्ति बाटिका आइपुगेका प्रदर्शनकारीले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजीसमेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell