PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

माइतीघरमा नारा : सिंहदरबार बालुवाटार, जताततै भ्रष्टाचार

माइतीघरमा नारा : सिंहदरबार बालुवाटार, जताततै भ्रष्टाचार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा मजदुरहरुले प्रदर्शन गरेका हुन्।

भुटानी शरणार्थी प्रकरणलाई 'मानव तस्करी' भन्दै उनीहरुले संलग्नहरुलाई कडा कारवाही हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए। 

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि गृहमन्त्रालयको कमान्ड सम्हालेका बालकृष्ण खाण नै अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरुसहित १६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान प्रतिवेदन बनाइसकेको छ। बिचौलियाहरु बयानमा 'हाइप्रोफाइल' व्यक्तिहरुलाई नै करोड-करोड बुझाएको बताएका छन्। बिचौलियाहरुले रेष्टुराँमा भेटेरै होस् या मन्त्री क्वाटरदेखि प्रधानमन्त्री निवास बालुवाटार भित्रै पुगेर किन नहोस् 'हाइप्रोफाइल'लाई रकम दिएको खुलेको छ। त्यसैले मजदुरहरुले जताततै भ्रष्टाचार भएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell