PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • भक्तपुरमा बज्यो मादल : न्यातपोल क्षेत्रमा होलीको रौनक

    भक्तपुरमा बज्यो मादल : न्यातपोल क्षेत्रमा होलीको रौनक

    भक्तपुर : आज फागु पूर्णिमा। देशभर होली पर्व मनाइँदैछ। भक्तपुरमा पनि हर्सोल्लासपूर्ण रुपमा यो पर्व मनाइँदैछ। भक्तपुरको न्यातपोल क्षेत्रमा पनि युवायुवती देखि बालकबालिकासम्म होली खेलिरहेका छन्। पर्यटकहरु समेत अबिर दलेर होलीमा रमाइरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा प्रसाईँ समर्थकको धर्ना

    माइतीघरमा प्रसाईँ समर्थकको धर्ना

    काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा राजधानीमा केही संघसंस्थाहरुले प्रदर्शन गरेका छन्। राजसंस्थाको समर्थन र वित्तीय संस्थाहरुविरुद्ध अभियान सञ्चालन गरेर विवादित बनेका प्रसाईँको अभियानप्रति प्रहरी 'अलर्ट' छ। प्रसाईँको समूहले हिजो पनि माइतीघरमा प्रदर्शन गरेको थियो। प्रसाईँको अभियानको हाल धेरै आलोचना भइरहेको छ। उनको अभियानले हिंसा निम्तिन सक्ने भन्दै उनलाई रोक्न पर्ने माग उठेको छ।

    विस्तृतमा पढ्नुस्

  • वसन्त ऋतुलाई स्वागत गर्न तम्तयार काठमाडौं : ढकमक्क फुलेका फुलसँग रमाउँदै मानिसहरु

    वसन्त ऋतुलाई स्वागत गर्न तम्तयार काठमाडौं : ढकमक्क फुलेका फुलसँग रमाउँदै मानिसहरु

    काठमाडौं : अबको केही दिनमा वसन्त ऋतु सुरु हुँदैछ। वसन्त ऋतुलाई स्वागत गर्न तम्तयार भएजसरी काठमाडौंका विभिन्न स्थानमा मनमोहन फुल फुल्न थालिसकेका छन्। वसन्त ऋतु छ ऋतुमध्ये एक र पहिलो ऋतु हो भने यसलाई ऋतुराजको रुपमा लिने गरिन्छ। किनकी यो ऋतुमा वातावरण हरियाली हुनुका साथै मनमोहक फुलहरु पनि फुल्ने गर्छन्। फुल फुलेपछि काठमाडौंका सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका…

    विस्तृतमा पढ्नुस्

  • श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कार

    श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कार

    काठमाडौं : फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल जारी छ। शुक्रवारदेखि सुरु भएको फेस्टिभल चैत १७ गतेसम्म हुनेछ। फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैँचामा शुक्रवार भएको फेस्टिभल उद्घाटन समारोहमा फोटोग्राफ्रीमा महत्त्वपूर्ण योगदान दिएका वरिष्ठ फोटोग्राफर श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कारसहित सम्मान गरिएको छ। फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

    तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

    काठमाडौं : काठमाडौंबाट करिब आठ किलोमिटर दक्षिणतर्फ रहेको खोकना तोरीको लागि प्रख्यात छ। खोकना यतिबेला तोरीको फुलले पहेँलिएको छ। तोरीको तेलका लागि प्रख्यात यो ठाउँको दृश्य यति बेला सुनौलो छ। लाग्छ धर्तीमा सुन फलेको छ। सुन जस्तै पहेँलै तोरी फूलेका छन्।  प्राचीन नेवार बस्तीको रुपमा रहेको खोकनामा पुग्दा गायक प्रेमध्वज प्रधानले सन् १९७० मा गाएको गीत गुनगुनाउन मन लाग्छ। ‘तोरी…

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रीमा तोप बढाइँ : टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

    महाशिवरात्रीमा तोप बढाइँ : टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

    काठमाडौं : आज महाशिवरात्री। नेपाली सेनाले आजको दिनलाई ‘सेना दिवस’का रुपमा मनाउँदै आइरहेको छ। नेपाली सेनाले मंगलवार देशभर विविध कार्यक्रम गरि सेना दिवस मनाइरहेको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो। सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाज लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस्तै, यस पटक…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ : भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

    ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ : भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

    काठमाडौं : राजधानीमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौँ प्राङ्गारिक कृषि मेला जारी छ। काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि सुरु भएको मेला ६ गते (शनिवार)सम्म चल्नेछ। नेपाल घरेलु तथा साना उद्योग महासंघ, केन्द्रीय महिला उद्यमी समिति र अर्गानिक एसोसिएसन नेपालले मेलाको आयोजना गरेका हुन्। मेला बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘फ्लाइओभर’ निर्माण सुरु भएसँगै ग्वार्को चोकमा सवारी जामको समस्या, विकल्प खोज्दै ट्राफिक प्रहरी

    ‘फ्लाइओभर’ निर्माण सुरु भएसँगै ग्वार्को चोकमा सवारी जामको समस्या, विकल्प खोज्दै ट्राफिक प्रहरी

    काठमाडौं : ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण आइतवारदेखि सुरु भएको छ। सडक विभागले चार लेन सडकको बिचमा निर्माण सुरु गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ। ‘फ्लाइओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने…

    विस्तृतमा पढ्नुस्

  • ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण गर्न सडक खनिँदै, १४ महिनामा सम्पन्न होला काम?

    ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण गर्न सडक खनिँदै, १४ महिनामा सम्पन्न होला काम?

    काठमाडौं : ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। आइतवारदेखि निर्माण कार्य सुरु भएको सडक विभागले जनाएको हो। विभागका प्रवक्ता भीमार्जुन अधिकारीले डिजाइन स्वीकृत भएर काम थालिएको बताए। अहिले ग्वार्को क्षेत्रमा गाडीहरुलाई ‘डाइभर्ट’ गरेर सडक खन्ने काम भइरहेको छ। जसकारण सो क्षेत्रमा ट्राफिक चाप बढेको छ। मंसिरदेखि नै निर्माणको काम सुरु गर्ने भनिए पनि डिजाइनमा केही परिवर्तन भएका कारण…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यातायात मजदुरद्वारा राजमार्ग अवरुद्ध, निजी सवारी संचालनमा पनि अवरोध

    भक्तपुरमा यातायात मजदुरद्वारा राजमार्ग अवरुद्ध, निजी सवारी संचालनमा पनि अवरोध

    भक्तपुर : यातायात मजदुर संगठनले ट्राफिक नियमको विरोध गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्। यातायात विभिन्न संघसंस्थाले आज उपत्यकाका सवारीसाधन संचालन नगर्ने घोषणा गरेका छन्। त्यसैक्रममा भक्तपुरको जगातीमा भेला भएका यातायात मजदुरहरुले राजमार्ग अवरुद्ध गरेर नाराबाजी गरेका हुन्। मजदुरहरुको प्रदर्शनका कारण राजमार्गमा निजी सवारीसाधन संचालनसमेत अवरुद्ध भएको छ। मजदुरहरुले ‘अनावश्यक चिट काट्न बन्द गर’ लगायतका नारा लेखेर प्रदर्शन गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यातायात मजदुरले सिन्धुली जान लागेको गाडी रोके, ड्राइभर र यात्रुलाई बसबाट निकालियो

    भक्तपुरमा यातायात मजदुरले सिन्धुली जान लागेको गाडी रोके, ड्राइभर र यात्रुलाई बसबाट निकालियो

    भक्तपुर : यातायात मजदुर संगठनले ट्राफिक नियमको विरोध गर्दै भक्तपुरमा प्रदर्शन गरेका छन्। भक्तपुरको जगातीमा भेला भएका यातायात मजदुरहरुले राजमार्ग अवरुद्ध गरेर नाराबाजी गरेका हुन्। प्रदर्शनरत् यातायात मजदुरहरुले केही सार्वजनिक सवारीसाधन र मालवाहक सवारीसाधनलाई रोकेका छन्। काठमाडौंबाट सिन्धुली जान लागेको गाडीलाई रोक्दै उनीहरुले ड्राइभरलाई गाडीबाट निकालेका छन्। उनीहरुले ड्राइभरलाई हड्तालमा आफ्नो साथ दिन भन्दै नाराबाजी गरेका थिए। त्यसक्रममा ड्राइभर र प्रदर्शनकारीबिच…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन टाइगरलाई हराउँदै गोर्खाली रग्बीको सानदार सुरुवात, दशरथ रंगशालामा यस्तो देखियो रग्बी लिगको पहिलो खेल

    हिमालयन टाइगरलाई हराउँदै गोर्खाली रग्बीको सानदार सुरुवात, दशरथ रंगशालामा यस्तो देखियो रग्बी लिगको पहिलो खेल

    काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवारबाट सुरु भएको फिप्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले सुखद सुरुवात गरेको छ। उद्घाटन खेलमा हिमालयन टाइगर क्लबलाई ६७-१७ ले हराउँदै गोर्खालीले सानदार सुरुवात गरेको हो। पहिलो हाफमा ४५-१० ले अघि रहेको गोर्खालीले दोस्रो हाफ सकिँदा ६७-१७ को जित निकाल्न सफल भयो। प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक र बिरामीको आन्दोलनका बिच यस्तो देखियो वीर अस्पतालको दृश्य

    चिकित्सक र बिरामीको आन्दोलनका बिच यस्तो देखियो वीर अस्पतालको दृश्य

    काठमाडौं : नेपाल चिकित्सक संघको आह्वानमा आइतवार देशभरका स्वास्थ्य संस्था बन्द भए। काठमाडौंका ठूला सरकारी अस्पताल बन्द हुँदा त्यसको मारमा बिरामी परे। विभिन्न जिल्लाबाट आएका सर्वसाधारणहरुलाई त झन ठूलै सकस पर्‍यो। वीर अस्पताल परिसरभित्र चिकित्सकहरु पाखुरामा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहेका देखिन्थे। केही चिकित्सक भने प्रदर्शनका बिच पनि बिरामीका फाइल हेरिरहेका पनि थिए। यता अस्पताल बाहिर भने बिरामी र आफन्तहरुको छुट्टै…

    विस्तृतमा पढ्नुस्

  • साफ यू २० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टोली

    साफ यू २० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टोली

    काठकाडौं : नेपाली महिला यू २० फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशको ढाकामा भएको साफ यू २० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली शुक्रवार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को टोलीले स्वागत गरेको थियो। बिहीवार सम्पन्न च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको थियो। फाइनलमा नेपाल घरेलु टोलीसँग ३-० गोलको हार ब्यहोर्दै उपाधिबाट विमुख भएको हो।

    विस्तृतमा पढ्नुस्

  • मैतीदेवीमा फुटपाथ ओगटेर बनाइएको प्रहरी बिट हटाइयो

    मैतीदेवीमा फुटपाथ ओगटेर बनाइएको प्रहरी बिट हटाइयो

    काठमाडौं : मैतीदेवीमा रहेको प्रहरी बिट काठमाडौं महानगरपालिकाले भत्काएको छ। फुटपाथ ओगटेर बनाइएको बिट आज प्रहरीसँगको समन्वयमा महानगर प्रहरीले भत्काएको हो। फुटपाथमै प्रहरी बिट हुँदा यात्रुहरुलाई सकस भइरहेको थियो।

    विस्तृतमा पढ्नुस्

  • विधिवत् रुपमा अन्त्य गरियो एक महिना लामो माधव नारायण व्रत

    विधिवत् रुपमा अन्त्य गरियो एक महिना लामो माधव नारायण व्रत

    भक्तपुर : माधव नारायण व्रतको आइतवार अन्तिम दिन हो। विधिवत् रुपमा साँखु र भक्तपुरमा एक महिना लामो व्रतको अन्त्य आइतवार गरिँदैछ। आज बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरुले स्नान गर्दै व्रत पूरा गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधव नारायणसँगै स्वस्थानी समेत वाचन गर्ने गरिन्छ। हनुमानघाटमा व्रतालुहरुले पल्टिँदै माधव नारायणलाई नगर परिक्रमा समेत गराएका थिए।

    विस्तृतमा पढ्नुस्

  • ‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’ : सन्दीपलाई क्लोज क्याम्पमा राख्ने क्यानको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

    ‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’ : सन्दीपलाई क्लोज क्याम्पमा राख्ने क्यानको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडौं : बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा र नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा राखेको विषयलाई लिएर आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। ‘बलात्कारी रमाउँदै पीडित डराउँदै’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’लगायतका प्ले कार्ड बोकेर मानिसहरु प्रदर्शनमा उत्रिएका थिए। उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन्। प्रशिक्षणमा बोलाइनुअघि क्यानले लामिछानेको निलम्बन…

    विस्तृतमा पढ्नुस्

  • ब्याजदर घटाउन माग गर्दै सडकमा उत्रिए उद्योगी व्यवसायी

    ब्याजदर घटाउन माग गर्दै सडकमा उत्रिए उद्योगी व्यवसायी

    काठमाडौं : बैंकको ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्। उद्योगी व्यवसायीहरुले सोमवार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उद्योगी व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार तथा वित्तीय संस्थाको आतंकविरुद्ध आफूहरु प्रदर्शनमा उत्रिएको व्यवसायीहरुले बताए। उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुँदा व्यवसायीहरु भने घाटामा हुने गरेको उनीहरुको गुनासो थियो। प्रदर्शनका क्रममा उद्योगी व्यवसायीहरुले असफल व्यवसायका कारण आत्मदह गरेका प्रेमप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • 'विदेसिने रहर छैन सरकार, देशमै सपना देखेको कति मूल्य चुकाउनुपर्ने?'

    'विदेसिने रहर छैन सरकार, देशमै सपना देखेको कति मूल्य चुकाउनुपर्ने?'

    काठमाडौं : संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै युवाले प्रदर्शन गरेका छन्। युवाले माइतीघरमा आर्टमार्फत प्रदर्शन गरेका हुन्। यो अवस्था आउनुमा देशको राजनीति र प्रवृत्ति जिम्मेवार रहेको युवाले बताएका छन्। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले गत मंगलवार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • ‘डोजर आतंक बन्द गर!’ : माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन

    ‘डोजर आतंक बन्द गर!’ : माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक विस्तारको नाममा गैरकानुनी रुपमा ज्यादती गरेको भन्दै आइतवार विरोध प्रदर्शन गरिएको छ। उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति काठमाडौंले माइतीघरमा विरोध प्रदर्शन गरेको हो। सडक विस्तारको नाममा महानगरले आफूहरुको उठिबास गर्न लागेको उनीहरुको आरोप थियो। संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ। विरोध प्रदर्शनमा काठमाडौंका मेयरका उम्मेदवार सुमन सायमि समेत उपस्थित थिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell