PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

हिमालयन टाइगरलाई हराउँदै गोर्खाली रग्बीको सानदार सुरुवात, दशरथ रंगशालामा यस्तो देखियो रग्बी लिगको पहिलो खेल

हिमालयन टाइगरलाई हराउँदै गोर्खाली रग्बीको सानदार सुरुवात, दशरथ रंगशालामा यस्तो देखियो रग्बी लिगको पहिलो खेल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवारबाट सुरु भएको फिप्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले सुखद सुरुवात गरेको छ। उद्घाटन खेलमा हिमालयन टाइगर क्लबलाई ६७-१७ ले हराउँदै गोर्खालीले सानदार सुरुवात गरेको हो।

पहिलो हाफमा ४५-१० ले अघि रहेको गोर्खालीले दोस्रो हाफ सकिँदा ६७-१७ को जित निकाल्न सफल भयो। प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्ने छन्।

हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन्। उनीहरु बाबु-छोरा हुन्। गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १-१ खेलाडी छन्। बाँकी २ टिममा विदेशी खेलाडी छैनन्।

माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान २-२ खेल हुनेछ। लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell