PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

चिकित्सक र बिरामीको आन्दोलनका बिच यस्तो देखियो वीर अस्पतालको दृश्य

चिकित्सक र बिरामीको आन्दोलनका बिच यस्तो देखियो वीर अस्पतालको दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल चिकित्सक संघको आह्वानमा आइतवार देशभरका स्वास्थ्य संस्था बन्द भए। काठमाडौंका ठूला सरकारी अस्पताल बन्द हुँदा त्यसको मारमा बिरामी परे।

विभिन्न जिल्लाबाट आएका सर्वसाधारणहरुलाई त झन ठूलै सकस पर्‍यो। वीर अस्पताल परिसरभित्र चिकित्सकहरु पाखुरामा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहेका देखिन्थे। केही चिकित्सक भने प्रदर्शनका बिच पनि बिरामीका फाइल हेरिरहेका पनि थिए।

यता अस्पताल बाहिर भने बिरामी र आफन्तहरुको छुट्टै प्रदर्शन थियो। वीर अस्पताल बाहिर सडक बन्द गरेरै उनीहरुले अस्पताल खोल्न माग गर्दै प्रदर्शन गरेका थिए।

राष्ट्रपतिको सवारी हुँदा शनिवार वीर अस्पताल बाहिर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतवार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प गरिएको हो।

यसैबिच, नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ। चिकित्सक नै आन्दोलनमा उत्रिएपछि सरकारले संघसँग वार्ता गरी आन्दोलन स्थगित गराएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell