PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • केशर पुस्तकालय बाहिर किन छरपस्ट फिँजाइएको छ किताब र कागजपत्रहरु ?

    केशर पुस्तकालय बाहिर किन छरपस्ट फिँजाइएको छ किताब र कागजपत्रहरु ?

    काठमाडौं : २०७२ सालको भूकम्पमा क्षति पुगेपछि केशर पुस्तकालय राम्ररी संचालन हुन सकेको छैन। ऐतिहासिक केशर पुस्तकालय पुनर्निर्माणको प्रक्रिया अघि नबढ्दा त्यहाँ रहेका धेरै पुस्तक कागजपत्रहरुको अवस्था बेहाल छ। पछि ट्रस्ट बनाएर ती पुस्तक र कागजपत्रहरु राखिए पनि पुस्तकालय कहिले पुनर्निर्माण हुन्छ भन्ने यकिन छैन। अहिले केशर पुस्तकालय बाहिर छरपस्ट हुने गरि किताब र कागजपत्र फिँजाइएको दृश्यहरु सार्वजनिक भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु 'होक्स', डिस्पोज गर्दा जे देखियो …

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु 'होक्स', डिस्पोज गर्दा जे देखियो …

    लोकन्थली : एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। आइतवार बिहान भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु देखिएपछि प्रहरीमा सूचना पुगेको थियो। त्यसपछि बम डिस्पोजको लागि नेपाली सेना उक्त स्थानमा पुग्यो। सेनाले उक्त बम डिस्पोज गरेको छ। उक्त वस्तु बम नभएर होक्स भएको सेनाले जनाएको छ। सेतो प्लास्टिकभित्र रहेको कुकरबाहिर केही पत्रिका र तार रहेको भेटिएको…

    विस्तृतमा पढ्नुस्

  • बुंगमतीबाट पाटनको त:बहा: मा फर्किए रातो मछिन्द्रनाथ

    बुंगमतीबाट पाटनको त:बहा: मा फर्किए रातो मछिन्द्रनाथ

    काठमाडौं : बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। पानेजुहरुले करुणामयलाई खटमा राखेर बुंगमतीबाट बोक्दै मछिन्द्रबहाल पुर्‍याएका हुन्। रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ। रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन् भने गुरुजुको पल्टनले सलामी दिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • अब कहाँ जाने : बस्ती भित्रका घरटहराबाट सामान निकाल्न थाले सुकुम्बासीले

    अब कहाँ जाने : बस्ती भित्रका घरटहराबाट सामान निकाल्न थाले सुकुम्बासीले

    काठमाडौं : थापाथलीमा रहेको सुकुम्बासी बस्तीलाई खाली गराइँदैछ। त्यहाँ बस्दै आएका मानिसहरुले आआफ्नो सामान ओसार्न थालेका हुन्। बस्ती खाली गराउन आएको महानगर प्रहरीलाई लखेटेर पठाएपछि केही मानिसहरुले भने प्रदर्शन गरिरहेका छन्। बाहिर सडकमा प्रदर्शन भइरहँदा बस्तीमा रहेका टहराबाट पनि सामानि निकालेन क्रम पनि सँगसँगै चलिरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • ‘बालेन साह होस् गर’ भन्दै प्रदर्शनमा उत्रिए थापाथलीका सुकुम्बासी

    ‘बालेन साह होस् गर’ भन्दै प्रदर्शनमा उत्रिए थापाथलीका सुकुम्बासी

    काठमाडौं : वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारी पुगेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको छ। बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरु विरोधमा उत्रिएसँगै तनाव बढेको हो। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढा गर्दै टायरसमेत बालेका छन्। प्रदर्शनकारीहरुले काठमाडौं महानगरमा मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका छन्। टायर बालेर उनीहरुले मेयर बालेनको विरुद्ध नारा लगाउनुका साथै लालपूर्जा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यस्तो देखियो नेमकिपाको विजय र्‍याली र धन्यवाद सभा

    भक्तपुरमा यस्तो देखियो नेमकिपाको विजय र्‍याली र धन्यवाद सभा

    भक्तपुर : भक्तपुर १ मा नेमकिपाले विजय र्‍याली निकालेको छ। नेमकिपाबाट उम्मेदवार रहेका प्रेम सुवाल यस क्षेत्रबाट निर्वाचित भएपछि यस विजय र्‍याली निकालिएको हो। र्‍याली पछि कोणसभामा सुवालले मतदातालाई धन्यवाद दिए।  निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन ग्रान्ड र्‍याली आयोजना गरिएको नेमकिपाले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिको कोर बस्तीमा दुर्लभ थापाको विजयी जुलुस, शंखधर साख्वाको मूर्तिमा गरे माल्यापर्ण

    मध्यपुर थिमिको कोर बस्तीमा दुर्लभ थापाको विजयी जुलुस, शंखधर साख्वाको मूर्तिमा गरे माल्यापर्ण

    भक्तपुर : भक्तपुर २ ले हालसम्मका निर्वाचनमा कहिलै पनि एकै व्यक्तिलाई दोहोर्‍याएर संसदमा पठाएको छैन। सांसद नदोहोर्‍याउने यो क्षेत्रले यसपटक पनि संघीय संसदमा नयाँ व्यक्तिलाई पठाएको छ। २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका महेश बस्नेत यो पटक पराजित भएका छन्। र, संघिय संसद प्रवेश गर्दैछन् नेपाली कांग्रेसका दुर्लभ थापा। २४ हजार २३९ मत ल्याउँदै थापा निर्वाचित भएका हुन्। उनका निकटतम…

    विस्तृतमा पढ्नुस्

  • महेश बस्नेतलाई हराएका दुर्लभ थापा समर्थकहरुबाट यसरी घेरिए

    महेश बस्नेतलाई हराएका दुर्लभ थापा समर्थकहरुबाट यसरी घेरिए

    भक्तपुर : प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भए। २४ हजार २३९ मत ल्याउँदै थापा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका)का महेश बस्नेतले २३ हजार २८२ मत ल्याए। बस्नेतले यसअघि सोही क्षेत्रबाट पटक-पटक निर्वाचन जित्दै आएका थिए। विजयी भएपछि थापालाई बिहीवार बिहानै नेता कार्यकर्ता तथा समर्थकहरुले बधाइ तथा शुभकामना दिएका छन्। यता,…

    विस्तृतमा पढ्नुस्

  • रातभर बत्ती बालेर जाग्राम बसेकाहरुले डोलेश्वरमा बिहानै छरे सतबिज

    रातभर बत्ती बालेर जाग्राम बसेकाहरुले डोलेश्वरमा बिहानै छरे सतबिज

    भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ। राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। भक्तपुरको डोलेश्वरमा सतबिज छर्दाको दृष्य हेर्नुस् :

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधि चुन्ने अवसर : भक्तपुरमा मतदान गर्न बिहानैदेखि लाइनमा युवादेखि वृद्धवृद्धा

    जनप्रतिनिधि चुन्ने अवसर : भक्तपुरमा मतदान गर्न बिहानैदेखि लाइनमा युवादेखि वृद्धवृद्धा

    काठमाडौं : काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ। आज बिहान ७ बजेदेखि नै मतदाताहरु मतदान गर्न सम्बन्धित मतदान केन्द्रहरु पुगिरहेका छन्। हाल काठमाडौं उपत्यकाकाको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ। भक्तपुरमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। मत दिन बिहानैदेखि मतदाताहरु…

    विस्तृतमा पढ्नुस्

  • भोलि निर्वाचन : चार मतपत्र हाल्न चार मतपेटिका, काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र

    भोलि निर्वाचन : चार मतपत्र हाल्न चार मतपेटिका, काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। भोलि हुने मतदानका लागि देशभरका मतदान केन्द्रमा निर्वाचन सामाग्री पुर्‍याउने काम सम्पन्न भइसकेको छ। काठमाडौंमा पनि मतदानका लागि बुथ निर्माण कार्य भइरहेको छ। कतिपय मतदान केन्द्रमा बुथ निर्माण कार्य सकिएको छ भने कतिपय मतदान केन्द्रमा आज साँझसम्म मतदानस्थल निर्माण सकिने जनाइएको छ। मतदान केन्द्रहरुमा प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका नाकामा भिडभाड : हेर्नुस् चुनावमा घर जानेको लर्को

    उपत्यकाका नाकामा भिडभाड : हेर्नुस् चुनावमा घर जानेको लर्को

    काठमाडौं : आइतवार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि काठमाडौं उपत्यकाबाट घर फर्कँनेको संख्या बढ्दा नाका भिडभाड देखिएको छ। अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न नाकाबाट साविकभन्दा धेरै सवारी साधनबाट मानिस बाहिरिने गरेका छन्। काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भिड देख्न सकिन्छ। नाकामा भिडभाड देखिएपनि चुनावमा भोट हाल्न जानेको संख्या यसअघिका समय भन्दा कम छ। जडिबुटी…

    विस्तृतमा पढ्नुस्

  • सुकुम्बासीहरुले मागे लालपुर्जा : माइतीघरमा विरोध सभा, बानेश्वरसम्म र्‍याली

    सुकुम्बासीहरुले मागे लालपुर्जा : माइतीघरमा विरोध सभा, बानेश्वरसम्म र्‍याली

    काठमाडौं : वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्बासी बस्ती  हटाउने निर्णय गरेको विरोधमा राजधानीमा आज विरोध प्रदर्शन भएको छ। सुकुम्बासी बस्तीमा बस्दै आइरहेकाहरुले आज माइतीघरमा विरोध सभा आयोजना गर्दै बानेश्वरसम्म र्‍याली निकालेका थिए। उनीहरुले सरकारसँग बस्दै आएको क्षेत्रमै लालपूर्जा दिन र उठिबास नलगाउन पनि आग्रह गरेका छन्। सरकारले जबरजस्ती गरे आफूहरु प्रतिकारमा उत्रने उनीहरुको चेतावनी थियो।…

    विस्तृतमा पढ्नुस्

  • नाटकबाट निर्वाचनमा जनचेतना जगाउने अभियान : वसन्तपुरमा बेथितिमाथि व्यङ्ग्य

    नाटकबाट निर्वाचनमा जनचेतना जगाउने अभियान : वसन्तपुरमा बेथितिमाथि व्यङ्ग्य

    काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि वसन्तपुरमा 'चुनावदेखि चुनावसम्म' सडक नाटक प्रदर्शन गरिएको छ। युवा कलाकारको समूहले तयार पारेको नाटक काठमाडौं उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा प्रदर्शन गरिने आयोजकले जनाएको छ। आम मतदाता माझ जनचेतना जगाउन र चुनावमा राजनीतिक दलहरुले जनतालाई ठूला आश्वासन र असम्भव प्राय सपना देखाउने तर पुरा नगर्ने विषयमा केन्द्रित रहेको छ। नाटकमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै पहिलोपटक 'पम्प ट्रयाक' : कुपण्डोलमा अब साइकलिङको छुट्टै मज्जा

    नेपालमै पहिलोपटक 'पम्प ट्रयाक' : कुपण्डोलमा अब साइकलिङको छुट्टै मज्जा

    ललितपुर : वाग्मती नदीको किनारमा नेपालमै पहिलोपटक 'पम्प ट्रयाक' संचालनमा आएको छ। घुमाउरो र उतावचढाव युक्त ट्रयाकमा साइकल उडाएर यो खेल खेल्ने गरिन्छ। कुपण्डोलमा हिजोबाट यो ट्रयाक संचालनमा आएको हो। भेलो सोलुसन्सले ललितपुर महानगरपालिकासँगको सहकार्यमा यो खेलको सुरुवात नेपालमा पनि गरेको हो। भेलो सोलुसन्सले 'पम्प फर पिस' नारा सहित विश्वभर साइकलिङ र 'एक्सन स्पोर्टस' लाई पहुँचयोग्य बनाउन यो अभियान सुरु…

    विस्तृतमा पढ्नुस्

  • सकिमना पुन्हीमा हलिमलिले सजियो भक्तपुर

    सकिमना पुन्हीमा हलिमलिले सजियो भक्तपुर

    भक्तपुरः आज सकिमना (सकिमिला) पुन्ही। नेपाल संवतको पहिलो पूर्णिमा। ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउने नेवार समुदायले सकिमना पुन्ही मनाए। सकिमना पुन्ही नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरूले विशेष पर्वका रूपमा मनाउँछन्। आजको दिन गत कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनका रूपमा पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय)…

    विस्तृतमा पढ्नुस्

  • महेश बस्नेतलाई मध्यपुर थिमिमा डर : कोर क्षेत्रमा दही सगुन लगाएर घरदैलो

    महेश बस्नेतलाई मध्यपुर थिमिमा डर : कोर क्षेत्रमा दही सगुन लगाएर घरदैलो

    काठमाडौं : भक्तपुर-२ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले आफ्नो घरदैलोलाई मध्यपुर थिमिमा केन्द्रित गरेका छन्। गएको स्थानीय तह निर्वाचनमा मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले पराजित भएको थियो। त्यसैले आसन्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा यो मध्यपुर थिमिमा महेशलाई मत पाउन गाह्रो हुने अनुमान गरिएको छ। त्यसैले पनि मध्यपुर थिमिमा महेशले आफ्नो सबै जोड लगाउँदै छन्। बस्नेत आज बिहानैदेखि मध्यपुर…

    विस्तृतमा पढ्नुस्

  • घरदैलोमा दुर्लभ थापा : हात जोड्दै मत माग्न पुगे लोकन्थली

    घरदैलोमा दुर्लभ थापा : हात जोड्दै मत माग्न पुगे लोकन्थली

    काठमाडौं : उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन्। निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा पनि उम्मेदवारहरु मत माग्न घरघर पुगिरहेका छन्। भक्तपुर २ मा सत्ता गठबन्धनकाट नेपाली कांग्रेसका दुर्लभ थापा उम्मेदवार छन्। भक्तपुर २ (क) मा एकीकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठ र भक्तपुर २ (ख) मा नेपाली कांग्रेसका विष्णु राज कार्की उम्मेदवार छन्। मध्यपुर थिमि नगरपालिका वडा १ लोकन्थलीमा आज बिहानैबाट गठबन्धनका उम्मेदवारहरु घरदैलोमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-९ को कोर सिटीमा सत्तारुढ गठबन्धन उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा

    काठमाडौं-९ को कोर सिटीमा सत्तारुढ गठबन्धन उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १४ दिन बाँकी छ। दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन्। उम्मेदवारहरु बिहानदेखि साँझसम्मै घरदैलो कार्यक्रममा व्यस्त छन्। चुनावी चटारोबिच काठमाडौं प्रतिनिधिसभा क्षेत्र ९ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले आज घरदैलो गरेका छन्। काठमाडौं ९ (क) अन्तर्गत कोर सिटीमा पर्ने टेकु, वन्डे र लगन आसपासको क्षेत्रमा उम्मेदवारहरु मत माग्न पुगेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित, माइतीघरमा विरोध प्रदर्शन

    बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित, माइतीघरमा विरोध प्रदर्शन

    काठमाडौं : बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसहितको टोलीले आज माइतीघरबाट आन्दोलन थालेका छन्। उपाध्यक्ष अन्जन श्रेष्ठ, अर्का उपाध्यक्ष रामचन्द्र संघाइ तथा दिनेश श्रेष्ठसहितको टोली ब्याज वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। महासंघ अन्तर्गतका अन्य संगठनहरु पनि आन्दोलनमा छन्। व्यावसायिक संगठनहरुले ब्याज वृद्धिले निक्कै अप्ठेरो भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर घटाउन माग गरेका थिए। राष्ट्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell