PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘बालेन साह होस् गर’ भन्दै प्रदर्शनमा उत्रिए थापाथलीका सुकुम्बासी



रोजन श्रेष्ठ

‘बालेन साह होस् गर’ भन्दै प्रदर्शनमा उत्रिए थापाथलीका सुकुम्बासी

काठमाडौं : वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारी पुगेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको छ।

बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरु विरोधमा उत्रिएसँगै तनाव बढेको हो। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढा गर्दै टायरसमेत बालेका छन्।

प्रदर्शनकारीहरुले काठमाडौं महानगरमा मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका छन्। टायर बालेर उनीहरुले मेयर बालेनको विरुद्ध नारा लगाउनुका साथै लालपूर्जा र नागरिकता तुरुन्त दिनसमेत माग गरेका छन्।

‘बालेन साह होस गर’, ‘हामीलाई नागरिकता दे’, ‘हामीलाई लालपूर्जा दे’ डोजर लाउन पाइदैन, गरिब मार्न पाइदैन,’ जस्ता नारा लगाउँदै उनीहरुले विरोध गरेका हुन्।

झडप हुने सम्भावना बढेपछि बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।

वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्वासी बस्ती  हटाउने निर्णय गरेको विरोध गर्दै आएका थिए। सरकारले जबरजस्ती गरे आफूहरू प्रतिकारमा उत्रने उनीहरूको चेतावनी थियो। समितिले मंसिर ४ सम्म नदी किनारका बस्ती हटाउन नत्र महानगर र सरोकारवालासँगको समन्वयमा हटाउने भन्दै सूचना निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell