PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु 'होक्स', डिस्पोज गर्दा जे देखियो …

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु 'होक्स', डिस्पोज गर्दा जे देखियो …

रोजन श्रेष्ठ/पहिलोपोस्ट


लोकन्थली : एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। आइतवार बिहान भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु देखिएपछि प्रहरीमा सूचना पुगेको थियो। त्यसपछि बम डिस्पोजको लागि नेपाली सेना उक्त स्थानमा पुग्यो।

सेनाले उक्त बम डिस्पोज गरेको छ। उक्त वस्तु बम नभएर होक्स भएको सेनाले जनाएको छ। सेतो प्लास्टिकभित्र रहेको कुकरबाहिर केही पत्रिका र तार रहेको भेटिएको छ। सेनाले साढे ९ बजे उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो।

यसअघि उक्त घरमा २०७६ फागुनमा बम विस्फोट भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell