PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं-९ को कोर सिटीमा सत्तारुढ गठबन्धन उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा

काठमाडौं-९ को कोर सिटीमा सत्तारुढ गठबन्धन उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १४ दिन बाँकी छ। दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन्। उम्मेदवारहरु बिहानदेखि साँझसम्मै घरदैलो कार्यक्रममा व्यस्त छन्।

चुनावी चटारोबिच काठमाडौं प्रतिनिधिसभा क्षेत्र ९ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले आज घरदैलो गरेका छन्। काठमाडौं ९ (क) अन्तर्गत कोर सिटीमा पर्ने टेकु, वन्डे र लगन आसपासको क्षेत्रमा उम्मेदवारहरु मत माग्न पुगेका हुन्।

सो क्षेत्रबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छिन्। यस्तै, काठमाडौं ९ (क) मा नेपाली कांग्रेसकी नानु बास्तोला उम्मेदवार छिन्। प्रतिनिधिसभातर्फ नेकपा एमालेले यो क्षेत्रमा कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell