PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घरदैलोमा दुर्लभ थापा : हात जोड्दै मत माग्न पुगे लोकन्थली

घरदैलोमा दुर्लभ थापा : हात जोड्दै मत माग्न पुगे लोकन्थली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन्। निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा पनि उम्मेदवारहरु मत माग्न घरघर पुगिरहेका छन्।

भक्तपुर २ मा सत्ता गठबन्धनकाट नेपाली कांग्रेसका दुर्लभ थापा उम्मेदवार छन्। भक्तपुर २ (क) मा एकीकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठ र भक्तपुर २ (ख) मा नेपाली कांग्रेसका विष्णु राज कार्की उम्मेदवार छन्।

मध्यपुर थिमि नगरपालिका वडा १ लोकन्थलीमा आज बिहानैबाट गठबन्धनका उम्मेदवारहरु घरदैलोमा पुगेका छन्।

सो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेका महेश बस्नेत विजयी भएका थिए। यो पटक पनि महेश नै भक्तपुर २ मा प्रतिस्पर्धामा छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell