PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नाटकबाट निर्वाचनमा जनचेतना जगाउने अभियान : वसन्तपुरमा बेथितिमाथि व्यङ्ग्य

नाटकबाट निर्वाचनमा जनचेतना जगाउने अभियान : वसन्तपुरमा बेथितिमाथि व्यङ्ग्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि वसन्तपुरमा 'चुनावदेखि चुनावसम्म' सडक नाटक प्रदर्शन गरिएको छ। युवा कलाकारको समूहले तयार पारेको नाटक काठमाडौं उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

आम मतदाता माझ जनचेतना जगाउन र चुनावमा राजनीतिक दलहरुले जनतालाई ठूला आश्वासन र असम्भव प्राय सपना देखाउने तर पुरा नगर्ने विषयमा केन्द्रित रहेको छ।

नाटकमा उखु किसानको समस्या, मिटर ब्याजको पीडा, बढ्दो बलात्कार, नागरिकता पीडितको संघर्ष, भिभिआइपी सवारी लगायतका बेथितिलाई प्रस्तुत गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell