PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • सर्वोच्चको फैसलाबाट असन्तुष्ट रवि लामिछानेका समर्थकहरुलाई प्रहरीले लियो नियन्त्रणमा

    सर्वोच्चको फैसलाबाट असन्तुष्ट रवि लामिछानेका समर्थकहरुलाई प्रहरीले लियो नियन्त्रणमा

    काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य भएको फैसला सुनाएको छ। शुक्रवार संवैधानिक इजलासले उनको पद खारेज गरेको हो।  लामिछानेको नागरिकता मुद्दामा फैसला आउन लाग्दा उनका समर्थकहरु सर्वोच्च पुगेका थिए। सर्वोच्चको फैसलाबाट असन्तुष्ट उनका समर्थकहरुले अदालत अगाडि नारा लगाएका थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सांसद पद खारेज भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै माइतीघरदेखि बानेश्वरसम्म युवाले निकाले र्‍याली

    प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै माइतीघरदेखि बानेश्वरसम्म युवाले निकाले र्‍याली

    काठमाडौं : मंगलवार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको बुधवार बिहान निधन भएको छ। आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो। आचार्यको लागि न्याय माग्दै युवाले माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका छन्। यो अवस्था आउनुमा देशको राजनीति र प्रवृत्ति जिम्मेवार रहेको युवाले बताएका छन्। आचार्यले उठाएका मागहरुप्रति…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा नाटक मञ्चन, बबरमहलमा धर्ना : निर्मलालाई न्याय माग्दा समातिए रुबी खानसहितका अधिकारकर्मी

    माइतीघरमा नाटक मञ्चन, बबरमहलमा धर्ना : निर्मलालाई न्याय माग्दा समातिए रुबी खानसहितका अधिकारकर्मी

    काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै आज पनि राजधानीमा प्रदर्शन गरिएको छ।  २६ दिनदेखि न्यायको माग गर्दै कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मी रुबी खानसहितको समूहले माइतीघरमा धर्ना दिइरहेका थिए। आज बृहत नागरिक आन्दोलनका अगुवाहरुले पनि न्यायको लडाइँमा साथ दिएका थिए।  माइतीघरमा आज शिल्पी थिएटरका कलाकारहरुले नाटक मञ्चन गरेर न्यायको माग गरेका थिए। त्यसक्रममा वक्ताहरुले…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वीनारायण शाहलाई सम्झिँदै सिंहदरबार अघि उल्लास, यस्तो देखियो राप्रपाको र्‍याली

    पृथ्वीनारायण शाहलाई सम्झिँदै सिंहदरबार अघि उल्लास, यस्तो देखियो राप्रपाको र्‍याली

    काठमाडौं : पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीको अवसरमा आज देशभर सार्वजनिक विदा दिइएको छ। सिंहदरबार अगाडी रहेको शाहको शालिकमा माल्यार्पण गर्न बिहानै देखि मानिस पुगिरहेका छन्। शालिकमा माल्यापर्ण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले र्‍यालीको आयोजना गरेको थियो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालगायत राप्रपाका सांसद र नेताहरु र्‍याली सहित सिंहदरबार अघि पुगेका थिए। र्‍यालीमा विभिन्न जाजातीको…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा चाकुको माग धान्दै आएका कृष्ण महर्जन, उनीपछि कसले थाम्ला बिँडो?

    पाटनमा चाकुको माग धान्दै आएका कृष्ण महर्जन, उनीपछि कसले थाम्ला बिँडो?

    ललितपुर : पाटनको मंगलबजारका कृष्ण महर्जन पुस महिनाभर व्यस्त छन्। माघमा चाकुको माग बढी हुने भएकाले त्यसको उत्पादनमा नै उनको दिनचर्या बित्छ। पाटनमा चाकु बनाउने उनको बाहेक अर्को मुकाम छैन। पुस्तौंदेखि उनकै परिवारले पाटनमा चाकुको माग धान्दै आएको हो। महर्जनले १५ वर्षको उमेर हुँदादेखि चाकु बनाउन सुरु गरेका हुन्। हाल ५५ वर्ष पुगे। पुर्ख्यौली पेशालाई उनले निरन्तरता दिँदै आएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको हनुमानघाटमा शुरु भयो माधवनारायण व्रत, हेर्नुस् फोटोमा

    भक्तपुरको हनुमानघाटमा शुरु भयो माधवनारायण व्रत, हेर्नुस् फोटोमा

    भक्तपुर : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रवारदेखि सुरु भएको छ। भक्तपुरको हनुमानघाटमा पनि माधवनारायण व्रत थाल्न बिहान ५ बजेबाटै वर्तालुहरु आइपुगेका थिए। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा थरीथरीका जुत्ता, स्वदेशीदेखि विदेशी 'फुटवेयर'मा ४० प्रतिशतसम्म छुट

    भृकुटीमण्डपमा थरीथरीका जुत्ता, स्वदेशीदेखि विदेशी 'फुटवेयर'मा ४० प्रतिशतसम्म छुट

    काठमाडौं : राजधानीको भृकुटीमण्डपमा १७औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन्। नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित यो मेला आयोजना भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उत्पादन बढाउन लगानी पनि बढाउनुपर्ने बताइन्। जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको मेलामा कूल १७० स्टल छन्। स्वदेशी…

    विस्तृतमा पढ्नुस्

  • दोष कसको? नाटकमार्फत बालबालिकाले प्रस्तुत गरे अभिभावक र शिक्षकसँग द्वन्द्वको अवस्था

    दोष कसको? नाटकमार्फत बालबालिकाले प्रस्तुत गरे अभिभावक र शिक्षकसँग द्वन्द्वको अवस्था

    काठमाडौं : कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभामा आज बालबालिकाको घुइँचो थियो। नक्सलामा रहेको बृहस्पति विद्यासदनका विद्यार्थीहरुले भरिएको सभाहलमा आज दुईवटा नाटक मञ्चन गरिएको हो। नाटकको 'थीम' थियो घरमा हुँदा बालबालिका र अभिभावकबिचको द्वन्द, प्रविधिको विकाससँगै बढ्दै गएको दुरि र सो वातावरणमा हुर्किएका बालबालिकाको शैक्षिक अवस्थामा पर्ने असर। अभिभावकहरुले आफ्ना सन्तानलाई समय दिन नसक्दा उनीहरुमा पर्ने असरलाई पनि नाटकमार्फत प्रस्तुत गरिएको…

    विस्तृतमा पढ्नुस्

  • निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना, 'सरकारसँग कुरा हुन्छ तर निकास निस्किँदैन'

    निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना, 'सरकारसँग कुरा हुन्छ तर निकास निस्किँदैन'

    काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै माइतीघरमा धर्ना आज पनि जारी छ। कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मीसहितको समूहले पुस १४ गतेदेखि हरेकदिन माइतीघरमा धर्ना दिइरहेका छन्। नेपालगंजकी कुर्मी बेपत्ता हुनु र पछि उनको हत्या भएको प्रकरणमा प्रहरीले छानबिन नगरेको अधिकारकर्मीहरुको दाबी छ। प्रहरीले यो घटनाको छानबिन गर्न चार सदस्यीय टोलीसमेत…

    विस्तृतमा पढ्नुस्

  • पुसको चिसोमा धुम्बिएको शहर, न्यानोको खोजीमा यस्तो देखियो भक्तपुर

    पुसको चिसोमा धुम्बिएको शहर, न्यानोको खोजीमा यस्तो देखियो भक्तपुर

    भक्तपुर : काठमाडौं उपत्यकालाई चिसोले छोएको छ। दिउँसो घामले राप दिइरहँदा बिहान र राति भने कठ्याङ्ग्रिदो चिसो नै छ। चिसो सिरेटो र हुस्सुले ढाकिएका बाटाहरु। भक्तपुरको मुटु कमाउने चिसो। बाक्ला लुगा र हात सेकाउन बालिएका दाउरा। दैनिकी धान्न गुजारा गर्नेहरुको कर्मठ हात - चिसो जतिसुकै होस् - रोकिएनन् मानिसका गतिविधि। चिसोलाई चिर्नुको विकल्प छैन - घामलाई होस् या मानिसलाई नै…

    विस्तृतमा पढ्नुस्

  • शोभराजलाई अध्यागमनबाट विमानस्थलतर्फ लैजाँदा जे देखियो …

    शोभराजलाई अध्यागमनबाट विमानस्थलतर्फ लैजाँदा जे देखियो …

    काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई विमानस्थल लगिएको छ। उनलाई आजै डिपोर्ट गरिन लागेको हो। शोभराज आज मध्यान्हमा केन्द्रीय कारागारबाट थुनामुक्त भएका थिए। त्यसपछि अध्यागमन विभाग पुर्‍याएका शोभराजलाई आवश्यक प्रकृया पुर्‍याएर फ्रान्स डिपोर्ट गरिएको हो। साढे ६ बजे कतार एयरलाइन्सको विमानमार्फत फ्रान्स डिपोर्ट गर्न लागिएको उनी ५ बजे अध्यागनबाट निस्किएका छन्। अध्यागनबाट निस्किँदा शोभराज सवार भ्यान हो कि भन्दै मिडियाले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनबाट दोस्रो दल बनेको एमालेको प्रचार पहिलो पार्टीको

    निर्वाचनबाट दोस्रो दल बनेको एमालेको प्रचार पहिलो पार्टीको

    काठमाडौं : नेकपा एमाले निर्वाचनपछि दोस्रो दल बनेको छ। गत निर्वाचनमा पहिलो दल बनेको एमालेले यसपटक प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट पाउँदै प्रतिनिधि सभामा ७८ सिट सुरक्षित गरेको छ। यिनै निर्वाचित सांसदहरुलाई बधाई दिन एमालेले मंगलवार दिउँसो प्रज्ञा भवन कमलादीमा कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष केपी शर्मा ओली थिए। निर्वाचनको घोषणापत्र जारी गर्दा ‘हाइटेक’ शैलीमा उत्रिएको एमालेले…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनका लागि छलफल चलिरहँदा बहादुर भवनमा नेतादेखि कलाकारहरुको जमघट (फोटोफिचर)

    सरकार गठनका लागि छलफल चलिरहँदा बहादुर भवनमा नेतादेखि कलाकारहरुको जमघट (फोटोफिचर)

    काठमाडौं : देश नयाँ सरकार गठनको संघारमा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार सातदिनको समय दिएर दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्। राष्ट्रपतिको आह्वानसँगै दलहरु अहिले आन्तरिक छलफलमा जुटेका छन्। दलहरु छलफलमा जुटिरहँदा आज सबै राजनीतिक पार्टीका नेताहरु बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा भेला भयो। मतपरिणाम राष्ट्रपति बुझाएर सरकार गठनको प्रक्रिय सुरु भएपछि आयोगले आज जलपान कार्यक्रमा आयोजना…

    विस्तृतमा पढ्नुस्

  • म पनि माननीय (फोटोफिचर)

    म पनि माननीय (फोटोफिचर)

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ। आज बहादुर भवनमा आयोजित कार्यक्रममा प्रतिनिधसभामा निर्वाचित ११० जना सांसद र प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो। ११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ७,…

    विस्तृतमा पढ्नुस्

  • बहादुर भवनमा निशा डाँगीदेखि पशुपति शमशेरसम्म, समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई दिइयो प्रमाणपत्र

    बहादुर भवनमा निशा डाँगीदेखि पशुपति शमशेरसम्म, समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई दिइयो प्रमाणपत्र

    काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट विजयी सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ। बहादुर भवनमा रहेको आयोग कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रतिनिधसभामा निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो। यस्तै, प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई पनि आजै प्रमाणपत्र हस्तान्तरण गरिएको छ। ११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश रोकेकोमा नागरिक उन्मुक्तिको धर्ना, गगन थापामाथि पनि उठाए प्रश्न

    अध्यादेश रोकेकोमा नागरिक उन्मुक्तिको धर्ना, गगन थापामाथि पनि उठाए प्रश्न

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनामा जेल परेकाहरुको रिहाईको माग गर्दै धर्ना दिएको छ। शुक्रवार काठमाडौंको माइतीघरमा उक्त पार्टीका नेताहरुले धर्ना दिएका हुन्। राष्ट्रपतिले सरकारले पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश रोकेकोमा उनीहरूले धर्ना दिएका हुन्। 'जनताको लागि लडेको, जेलमै सड्नु परेको', 'न्याय देउ, न्याय देउ, रेशम जीलाई बाहिर लेउ' जस्ता नारा लेखिएको प्लेकार्ड बोक्दै…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच, एक हप्तापछि फर्किए देवगणहरु

    मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच, एक हप्तापछि फर्किए देवगणहरु

    भक्तपुर : मध्यपुर थिमिमा नवदुर्गा नाच आज सम्पन्न भएको छ। यहाँ य:मरि पुन्हीको दिनदेखि एक हप्तासम्म नवदुर्गा देवगणले नृत्य प्रस्तुत गर्ने गर्छन्। ११ वर्ष सम्म थिमिमा रोकिएको नवदुर्गा नाच २०७५ सालदेखि पुन: सुरु भएको हो। हप्तादिनमा मध्यपुर नगरपालिकाको दिगुटोल, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, नगदेश, बोडे लगायत अन्य स्थानमा नवदुर्गा नाच प्रदर्शन गरियो। अन्तिम दिन अर्थात आज फेरि बालकुमारी मन्दिर परिसरमा नवदुर्गा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बालिकाहरुको इही : यसरी भयो बेलसँग विवाह

    भक्तपुरमा बालिकाहरुको इही : यसरी भयो बेलसँग विवाह

    भक्तपुर : भक्तपुरको याछेँमा रहेको गणेश मन्दिर प्राङ्गणमा बालिकाहरुको इही (बेल विवाह) सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको बेल विवाह आज सम्पन्न भएको हो। हिजो श्राद्ध र अन्य पूजा विधि समापन गरि आज भने बेलसँग विवाहको कार्य पूरा गरिएको हो। ६० जना बालिकाहरुको सामुहिक रुपमा बेल विवाह गरिएको हो। बेल विवाहका लागि साना बालिकाहरु आफ्ना अभिभावकका साथ मन्दिरमा आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

    मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

    काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश ल्याउने सरकारको निर्णयपछि रेशम चौधरी भेट्न चारखाल पुगिन् रञ्जिता

    अध्यादेश ल्याउने सरकारको निर्णयपछि रेशम चौधरी भेट्न चारखाल पुगिन् रञ्जिता

    काठमाडौं : फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि सरकारले अध्यादेश ल्याउने निर्णय गर्नसाथ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ जेलमा रहेका आफ्ना श्रीमान रेशम चौधरी भेट्न पुगेकी छिन्। सोमवार काठमाडौंको डिल्लीबजारस्थित चारखाल कारागारमा दिउँसो श्रेष्ठले चौधरीलाई भेटेकी हुन्। छोटो समयको भेटपछि रञ्जिता बाहिरिएकी थिइन्। कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित उनले भेटबारे भने कुनै प्रतिक्रिया दिइनन्। कतिपयले चौधरी आजै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell