PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सरकार गठनका लागि छलफल चलिरहँदा बहादुर भवनमा नेतादेखि कलाकारहरुको जमघट (फोटोफिचर)

सरकार गठनका लागि छलफल चलिरहँदा बहादुर भवनमा नेतादेखि कलाकारहरुको जमघट (फोटोफिचर)

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : देश नयाँ सरकार गठनको संघारमा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार सातदिनको समय दिएर दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्। राष्ट्रपतिको आह्वानसँगै दलहरु अहिले आन्तरिक छलफलमा जुटेका छन्।

दलहरु छलफलमा जुटिरहँदा आज सबै राजनीतिक पार्टीका नेताहरु बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा भेला भयो। मतपरिणाम राष्ट्रपति बुझाएर सरकार गठनको प्रक्रिय सुरु भएपछि आयोगले आज जलपान कार्यक्रमा आयोजना गरेको हो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति थियो। यस्तै, आयोगको कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता, कलाकार, राजदूतहरुको पनि उपस्थित थियो। 

औपचारिक कार्यक्रमलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सम्बोधन गरेका थिए। त्यसपछि नेता र उपस्थित व्यक्तिहरुबिच अनौपचारिक कुराकानी भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell