PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

दोष कसको? नाटकमार्फत बालबालिकाले प्रस्तुत गरे अभिभावक र शिक्षकसँग द्वन्द्वको अवस्था

दोष कसको? नाटकमार्फत बालबालिकाले प्रस्तुत गरे अभिभावक र शिक्षकसँग द्वन्द्वको अवस्था

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभामा आज बालबालिकाको घुइँचो थियो। नक्सलामा रहेको बृहस्पति विद्यासदनका विद्यार्थीहरुले भरिएको सभाहलमा आज दुईवटा नाटक मञ्चन गरिएको हो।

नाटकको 'थीम' थियो घरमा हुँदा बालबालिका र अभिभावकबिचको द्वन्द, प्रविधिको विकाससँगै बढ्दै गएको दुरि र सो वातावरणमा हुर्किएका बालबालिकाको शैक्षिक अवस्थामा पर्ने असर। अभिभावकहरुले आफ्ना सन्तानलाई समय दिन नसक्दा उनीहरुमा पर्ने असरलाई पनि नाटकमार्फत प्रस्तुत गरिएको थियो।

'नाट्यमणी' नाम दिएर गरिएको वार्षिक नाटक प्रदर्शनीमा करिब १५० विद्यार्थीले '???' शीर्षकमा नाटक प्रदर्शन गरेका हुन्। करिब एक महिना लगाएर सो नाटक विद्यार्थीहरुले तयार गरेका हुन्।

'पुस्तकमा भएका नाटक मात्रै पढ्दा विद्दार्थीले रंगमञ्चमा कसरी नाटक प्रस्तुत गरिन्छ भन्ने थाहा पाउन सक्दैनन् त्यस कारणले उनीहरुलाई यसको प्रयोगात्मक पक्षका बारेमा जानकारी दिनको लागि पनि यो आयोजना गर्ने गरिएको छ,' विद्यालयकी संचार संयोजक डोल्मा लामाले बताइन्।

विद्यासदनका प्रिन्सिपल कुमार थापाले नाटकमा शहरीका साथै ग्रामीण परिवेशलाई समेत समेटिएको बताए।

'यो नाटकमा हामीले ग्रामीणका साथै शहरी क्षेत्रमा पनि देखिएका छौं। अभिभावक र विद्यार्थीबिचको सम्बन्ध बिग्रदै गएको अवस्था र यसो हुनु पछाडीको मनोसामाजिक कारणलाई नाटक मार्फत देखाउने प्रयास गरिएको छ,' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell