PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सर्वोच्चको फैसलाबाट असन्तुष्ट रवि लामिछानेका समर्थकहरुलाई प्रहरीले लियो नियन्त्रणमा

सर्वोच्चको फैसलाबाट असन्तुष्ट रवि लामिछानेका समर्थकहरुलाई प्रहरीले लियो नियन्त्रणमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य भएको फैसला सुनाएको छ। शुक्रवार संवैधानिक इजलासले उनको पद खारेज गरेको हो। 

लामिछानेको नागरिकता मुद्दामा फैसला आउन लाग्दा उनका समर्थकहरु सर्वोच्च पुगेका थिए। सर्वोच्चको फैसलाबाट असन्तुष्ट उनका समर्थकहरुले अदालत अगाडि नारा लगाएका थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सांसद पद खारेज भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मन्त्री पदसमेत गएको छ।

अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell