PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अध्यादेश रोकेकोमा नागरिक उन्मुक्तिको धर्ना, गगन थापामाथि पनि उठाए प्रश्न

अध्यादेश रोकेकोमा नागरिक उन्मुक्तिको धर्ना, गगन थापामाथि पनि उठाए प्रश्न

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनामा जेल परेकाहरुको रिहाईको माग गर्दै धर्ना दिएको छ। शुक्रवार काठमाडौंको माइतीघरमा उक्त पार्टीका नेताहरुले धर्ना दिएका हुन्।

राष्ट्रपतिले सरकारले पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश रोकेकोमा उनीहरूले धर्ना दिएका हुन्। 'जनताको लागि लडेको, जेलमै सड्नु परेको', 'न्याय देउ, न्याय देउ, रेशम जीलाई बाहिर लेउ' जस्ता नारा लेखिएको प्लेकार्ड बोक्दै उनीहरु धर्नामा उत्रिएका हुन्। धर्नमा बसेकाहरुले कांग्रेस महामन्त्री गगन थापामाथिसमेत प्रश्न गरेका छन्। 'चर्चित नेता गगन, धनगढीमा के बोल्याथ्यौं भनन?' प्ले कार्डमार्फत उनीहरुले प्रश्न गरेका हुन्।

धनगढी पुगेर थारुहट आन्दोलनको पक्षमा बोलेका गगनले पछिल्लो अध्यादेशको भने विरोध गरेका छन्। यही प्रसंग निकाल्दै धर्नामा बसेकाहरुले गगनमाथि प्रश्न गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell