PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

  • चिनी मिलभित्र ‘फिल्मी स्टाइल’ को त्यो ‘थ्रिलिङ’

    चिनी मिलभित्र ‘फिल्मी स्टाइल’ को त्यो ‘थ्रिलिङ’

    ‘जुनुन, बेवकुफी र आँट' अहिले मलाई यी तीन शब्द जीवनबाट धमिलिँदै गएको अनुभूति हुन्छ। एउटा समय थियो केही नसोची 'जो होगा देखा जाएगा' भनेर काम गरिन्थ्यो। र, हिँडिन्थ्यो त्यसरी नै। सायद, १९/२० वर्षे उमेरमा सबैलाई मलाई जस्तै हुँदो हो। फोटो अर्काइभिङ ध्वस्तै भएकोले ५/६ वर्ष अघिदेखि खिचेका फोटो मिलाउँदै थिए। अस्तव्यस्त अर्काइभ मेरोमात्र समस्या होइन, सबै फोटो पत्रकारको हो। केही दिन…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरदेखि बानेश्वसम्म मिटरब्याज पीडितहरुको 'मार्चपास'

    माइतीघरदेखि बानेश्वसम्म मिटरब्याज पीडितहरुको 'मार्चपास'

    काठमाडौं : मिटरब्याज पीडितहरु फेरि काठमाडौं आएका छन्। मिटर ब्याजविरुद्धको कानुन पारित गराउन र सरकारसँग भएको सहमति  कार्यान्वयन गराउन भन्दै उनीहरु राजधानी आएका हुन्। महोत्तरी, सिरहा लगायत तराईका जिल्लाबाट उनीहरु आएका हुन्।  नेकपा एमालेको अवरोधका कारण मिटरब्याज सम्बन्धी विधेयक पारित गर्ने कार्यसुची नै प्रभावित भएको थियो। वैशाख २० मा सरकारले मिटरव्याज पीडितका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याएको थियो। ६० दिनभित्र…

    विस्तृतमा पढ्नुस्

  • संघीय शिक्षा ऐन माग गर्दै माइतीघरमा प्रदर्शन

    संघीय शिक्षा ऐन माग गर्दै माइतीघरमा प्रदर्शन

    संघीय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। उच्चस्तरीय शिक्षा आयोगको सिफारिस अनुसार चाँडै ऐन ल्याउन माग गरिएको हो। लामो समयदेखि संघीय शिक्षा ऐनको माग भए पनि सरकारले अघि बढाउन सकेको छैन। साझा अधिकार सूचीमा रहेको शिक्षाका विषयमा संघीय सरकारले लामो समयदेखि  कानुन बनाउन नसकेको हो।  

    विस्तृतमा पढ्नुस्

  • अन्तरजातीय विवाहपछि दलितको घर जलाएको विरोधमा जसपाको प्रदर्शन

    अन्तरजातीय विवाहपछि दलितको घर जलाएको विरोधमा जसपाको प्रदर्शन

    काठमाडौं : अन्तरजातीय विवाहपछि दलितको घर जलाएको घटनाको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रदर्शन गरेको छ। शिल्पी/दलित विशेष राष्ट्रिय समिति र समाजवादी दलित मुक्ती संगठन जसपा नेपालले विरोध प्रदर्शन गरेको हो। माइतीघरमा बुधवार भएको प्रदर्शनमा 'जातीय विभेद बन्द गर' भन्दै नेता कार्यकर्ताहरुले नारा लगाउँदै विरोध जनाएका थिए। उनीहरुले दोषीलाई कारबाहीको माग समेत गरेका थिए। जुम्लामा आफ्नी बहिनीले दलित केटासँग…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

    ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

    ललितपुर : कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालत, पाटनमा विरोध प्रदर्शन गरेका छन्। कानुन व्यवसायी अमिर लामिछानेमाथि दायर भएको मुद्दा खारेजीको माग गर्दै कानुन व्यवसायीले प्रदर्शन गरेका हुन्। लामिछानेले सोही अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि बुधवार कार्यकक्षमा काम गरिरहेकै अवस्थामा लामिछानेले कुटपिट गरेको आरोप लागेको थियो। उक्त घटनाको विरोधमा प्रेमिकाको पक्षमा रहेके अदालतका कर्मचारीले आइतवार दिउँसो साढे १ बजेसम्म देशैभरीका…

    विस्तृतमा पढ्नुस्

  • चिटिक्क चाँगुनारायण : ६ दशकपछि रंगारोहणले खुल्यो मन्दिरको सुन्दरता

    चिटिक्क चाँगुनारायण : ६ दशकपछि रंगारोहणले खुल्यो मन्दिरको सुन्दरता

    काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा अहिले रङ्गारोहण भएपछि मन्दिरको सुन्दरता खुलेको छ। ६ दशक पछि पहिलोपटक चाँगुनारायण मन्दिरमा रंगारोहण भइरहेको हो। पछिल्लोपटक राजा महेन्द्रले २०१९ सालमा चाँगुनारायण मन्दिरमा केही जिर्णोदार र रंगरोगन गर्न लगाएका थिए। ६ दशक पछि रंग लगाउन क्रममा प्राकृतिक किसिमको रंग लगाइएको मन्दिरका पूजारीले बताएका छन्। भक्तपुरका चित्रकार आएर आफै रंग बनाएर रंगारोहण गरेका हुन्। काठमाडौं उपत्यकाकै पुरानो…

    विस्तृतमा पढ्नुस्

  • प्रेम चलाउनेको समर्थनमा अदालतअगाडि ‘बृहत् नागरिक आन्दोलन’को प्रदर्शन

    प्रेम चलाउनेको समर्थनमा अदालतअगाडि ‘बृहत् नागरिक आन्दोलन’को प्रदर्शन

    काठमाडौं : जिल्ला अदालत काठमाडौंअगाडि ‘बृहत् नागरिक आन्दोलन’ले प्रदर्शन गरेको छ। विश्वविद्यालयलाई हिंसारहित बनाउन र उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिलाउन ‘बृहत् नागरिक आन्दोलन’ले अदालतअगाडि प्रदर्शन गरेको हो। २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको अभियोगमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। तर महान्यायाधिवक्ता खम्मबहादुर खातीले…

    विस्तृतमा पढ्नुस्

  • फरार सहकारी सञ्चालकको विरोधमा सांकेतिक शवयात्रा, माइतीघरबाट पुर्‍याए बानेश्वर

    फरार सहकारी सञ्चालकको विरोधमा सांकेतिक शवयात्रा, माइतीघरबाट पुर्‍याए बानेश्वर

    काठमाडौं : सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेपको सावा ब्याज तत्काल पाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न सहकारीबाट आफ्नो निक्षेप नपाएको भन्दै पीडित बचतकर्ता विरोध प्रदर्शन गर्दै आइतवार माइतीघरदेखि नयाँ बानेश्वर पुगेका हुन्। उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए।  'ए सरकार, कि त खोला तारीदेउ कि त मारी देउ', 'ए सरकार, सहकारी बचतकर्ताले कहिले न्याय पाउने?' जस्ता…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी मामिलामा नाम जोडिएका हाइप्रोफाइल पनि अनुसन्धानमा तान्न 'नागरिक आन्दोलन'को यस्तो दवाव

    शरणार्थी मामिलामा नाम जोडिएका हाइप्रोफाइल पनि अनुसन्धानमा तान्न  'नागरिक आन्दोलन'को यस्तो दवाव

    भ्रष्टाचारका मुद्दामा कसैबाट प्रभावित हुन नहुने भन्दै वृहत नागरिक आन्दोलनले आज प्रदर्शन गरेका छन्। खबरदारी आन्दोलनले भुटानी शरणार्थी मुद्दामा हाइप्रोफाइल अभियुक्तहरु छुटाउन चलखेल हुनसक्ने भन्दै सचेत गराएको हो।  प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र थप प्रमाणहरू जुटाउनपर्ने माग आन्दोलनकारीले गरेका छन्| उनीहरूले उजुरीकर्ताको गोपनीयता र सुरक्षाको विशेष प्रबन्ध गर्न र बयानमा नाम आएका प्रत्येक आरोपितमाथि प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन्। आन्दोलनमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्कीको सर्वोच्चमा 'इन्ट्री' यस्तो

    प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्कीको सर्वोच्चमा 'इन्ट्री' यस्तो

    काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन्। शुक्रवार साँझ कार्की प्रधानन्यायाधीशका रुपमा पहिलोपटक सर्वोच्च छिरेका हुन्। कायममुकायम प्रधानन्यायाधीश रहेका उनलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ दिलाएका थिए। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित एक समारोहकाबीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन्। संसदीय सुनुवाई समितिले शुक्रवार नै कार्कीलाई प्रधानन्यायाधीशका लागि सर्वसम्मत…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरण : आदेश आउनै लाग्दा अदालतमा सुरक्षाकर्मीको बाक्लो घेरा

    नक्कली भुटानी शरणार्थी प्रकरण : आदेश आउनै लाग्दा अदालतमा सुरक्षाकर्मीको बाक्लो घेरा

    काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको मुद्दाको थुनछेक बहस सकिएको छ. अबको केही समयमा नै आदेश आउने तयारी भइरहेको छ। त्यसैले पनि होला काठमाडौं जिल्ला अदालतअगाडि मानिसको उपस्थिति बाक्लो देखिएको छ। बिहानैदेखि अदालत हाताभित्र सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। सुरक्षाकर्मीहरु अदालतको मुल गेटमा डोरीको घेरा बनाएर बसेका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण,…

    विस्तृतमा पढ्नुस्

  • भूमे पर्वको अवसरमा खुलामञ्चमा यसरी रमे मगर समूदाय

    भूमे पर्वको अवसरमा खुलामञ्चमा यसरी रमे मगर समूदाय

    काठमाडौं : शुक्रवारबाट मगर समूदायको भूमे पर्व शुरु भएको छ। यही अवसरमा काठमाडौंमा रहेका मगरहरूको खुलामञ्चमा रमेका छन्। भूम्या, भूमे र भूयाँरपूजाका रुपमा चिनिने यो पर्वमा मगरहरु मौलिक पहिरनमा सजिएर प्रकृतिको पूजा गर्दछन्। वर्षा शुरु भएसँगै प्राकृतिक विपत्ति नआओस् भनेर प्रार्थना गर्न यो पूजा गरिन्छ। हरेक वर्ष असार १ देखि ३ गतेसम्म यो पर्व मनाइने आयोजकले जनाएको छ। पर्व उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा कार्यरत कर्मचारीहरु प्रदर्शनमा, सडक अवरुद्ध भएपछि प्रहरीले रोक्यो

    विद्यालयमा कार्यरत कर्मचारीहरु प्रदर्शनमा, सडक अवरुद्ध भएपछि प्रहरीले रोक्यो

    काठमाडौं : विद्यालयका कर्मचारीहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। तलब वृद्धि हुनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन्। नेपाल कर्मचारी परिषदको आह्वानमा भएको प्रदर्शनमा देशभरका विभिन्न स्थानबाट कर्मचारीहरु उपस्थित थिए। उनीहरुको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। माइतीघर बानेश्वर सडक खण्डमा आवागमन अवरुद्ध गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई रोकेको थियो। त्यसक्रममा केही कर्मचारीलाई प्रहरीले नियन्त्रणमासमेत लिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • बजेटमा नसमेटिँदा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीको असन्तुष्टि, थाल ठटाउँदै उत्रिए सडकमा

    बजेटमा नसमेटिँदा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीको असन्तुष्टि, थाल ठटाउँदै उत्रिए सडकमा

    काडमाडौं : सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले काठमाडौंको सडकमा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्। शिक्षक तथा कर्मचारीहरु बानेश्वरमा जम्मा भई थाल ठटाएर विरोध जनाउँदै माइतीघरतर्फ लागेका थिए। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आह्वानमा उक्त प्रदर्शन भएको हो। समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • कला संस्कृतिको प्रवर्द्धनमा नेपाल अर्केष्टा, चार सय कलाकारको सामूहिक प्रस्तुति

    कला संस्कृतिको प्रवर्द्धनमा नेपाल अर्केष्टा, चार सय कलाकारको सामूहिक प्रस्तुति

    अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा ज्यापू महागुथि र काठमाडौँ महानगरपालिकाले नेपाल अर्केष्टा ११४३ समारोह आयोजना गरेका छन्। आर्केष्टामा चार सय कलाकारले एकै पटक विभिन्न बाजा बजाएर प्रस्तुति दिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • यौनिक तथा लैंगिक अल्पसंख्यकको परेडमा जे देखियो ... 

    यौनिक तथा लैंगिक अल्पसंख्यकको परेडमा जे देखियो ... 

    शनिवार मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा यौनिक तथा लैंगिक अल्पसंख्यकले नेपाल गौरव यात्रा गरेका छन्। यात्राका लागि उनीहरु बिहान ११ बजेबाट शान्तिबाटिकामा भेला भएका थिए। आफ्नो पहिचानलाई गौरवको रुपमा प्रस्तुत गर्न परेडमा जुटेकाहरुको शान्तिबाटिका हुँदै नारायणचौर पुगेका छन्।  विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउँछन्। नेपालमा विशेषतः सन् १९६९ जुन महिनामा न्युयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो। नेपालमा यस्तो परेड मनाउन…

    विस्तृतमा पढ्नुस्

  • 'अखण्ड भारत' नक्साको विरोधमा राप्रपाको प्रदर्शन

    'अखण्ड भारत' नक्साको विरोधमा राप्रपाको प्रदर्शन

    काठमाडौं : भारत सरकारले नयाँ संसद् भवनमा नेपालको भूभागसहितको नक्सा राखेपछि नेपालमा विरोध भइरहेको छ। लुम्बिनी र कपिलवस्तुलाई 'अखण्ड भारत'को नक्सामा राखिएपछि विवाद भएको हो। नेपालको भूमिलाई अखण्ड भारतको नक्सामा राखेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विरोध प्रदर्शन गरेको छ। त्यसक्रममा राप्रपाका नेता, कार्यकर्ताले नक्सा संसदबाट हटाउन भन्दै नारा लगाएका थिए। यस्तै, उनीहरुले लिपुलेक कालापानी क्षेत्रबाट पनि भारतीय पक्षलाई हट्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

    प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवार भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारततर्फ लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी छन्। भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। प्रधानमन्त्रीले बिहीवार जेठ १८ गते (१ जुन २०२३)मा भारत समकक्षी नरेन्द्र मोदीसँग…

    विस्तृतमा पढ्नुस्

  • आममाफी पाएर रिहा भए रेशम : कारागारको गेटैमा फूलमाला र पञ्जेबाजाको स्वागत

    आममाफी पाएर रिहा भए रेशम : कारागारको गेटैमा फूलमाला र पञ्जेबाजाको स्वागत

    काठमाडौं : रेशम चौधरी रिहा भएका छन्। गणतन्त्र दिवस, २०८० को अवसरमा आममाफी पाउँदै चौधरी रिहा भएका हुन्। रिहा हुँदै गर्दा उनलाई समर्थकहरुले कारागार गेटमा फूलमाला र अबिरले स्वागत गरेका थिए। सो क्रममा समर्थकहरुले पञ्चेबाजा बजाएर पनि खुसी मनाएका थिए। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित ५०१ जनाको कैद माफी गरेका छन्। आइतवार बिहान बसेको मन्त्रिपरिषद्ले चौधरीलाई आममाफी गर्न…

    विस्तृतमा पढ्नुस्

  • महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

    महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

    काठमाडौं : काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा रहेका अव्यवस्थित घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले माइतीघरदेखि थापाथलीतर्फ जाने मोडमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको हो। सो मोडमा चिया खाजा पसल, फलफुल पसल लगायत थिए। काठमाडौंको मेयरमा निर्वाचित भएदेखि नै बालेन शाहले पालिकाभित्रका सडक अतिक्रमण गरी बनाइएका घरटहराहरु भत्काउन सुरु गरेका हुन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell