PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विद्यालयमा कार्यरत कर्मचारीहरु प्रदर्शनमा, सडक अवरुद्ध भएपछि प्रहरीले रोक्यो

विद्यालयमा कार्यरत कर्मचारीहरु प्रदर्शनमा, सडक अवरुद्ध भएपछि प्रहरीले रोक्यो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : विद्यालयका कर्मचारीहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। तलब वृद्धि हुनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन्।

नेपाल कर्मचारी परिषदको आह्वानमा भएको प्रदर्शनमा देशभरका विभिन्न स्थानबाट कर्मचारीहरु उपस्थित थिए। उनीहरुको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

माइतीघर बानेश्वर सडक खण्डमा आवागमन अवरुद्ध गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई रोकेको थियो। त्यसक्रममा केही कर्मचारीलाई प्रहरीले नियन्त्रणमासमेत लिएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell