PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

बजेटमा नसमेटिँदा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीको असन्तुष्टि, थाल ठटाउँदै उत्रिए सडकमा

बजेटमा नसमेटिँदा सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीको असन्तुष्टि, थाल ठटाउँदै उत्रिए सडकमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काडमाडौं : सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले काठमाडौंको सडकमा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्।

शिक्षक तथा कर्मचारीहरु बानेश्वरमा जम्मा भई थाल ठटाएर विरोध जनाउँदै माइतीघरतर्फ लागेका थिए। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आह्वानमा उक्त प्रदर्शन भएको हो।

समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै विरोध जनाएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell