PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रेम चलाउनेको समर्थनमा अदालतअगाडि ‘बृहत् नागरिक आन्दोलन’को प्रदर्शन

प्रेम चलाउनेको समर्थनमा अदालतअगाडि ‘बृहत् नागरिक आन्दोलन’को प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जिल्ला अदालत काठमाडौंअगाडि ‘बृहत् नागरिक आन्दोलन’ले प्रदर्शन गरेको छ। विश्वविद्यालयलाई हिंसारहित बनाउन र उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिलाउन ‘बृहत् नागरिक आन्दोलन’ले अदालतअगाडि प्रदर्शन गरेको हो।

२०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको अभियोगमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो।

तर महान्यायाधिवक्ता खम्मबहादुर खातीले उनीहरुको मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानुनको प्रतिकूल नहुने भनी राय दिएका थिए। उक्त मुद्दा आइतवार बसेको मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेको हो।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णयपछि जिल्ला अदालत काठमाडौं परिसरभित्रै प्रदर्शनमा उत्रिएका चलाउनेलाई सोमवार प्रहरीले नियन्त्रणमा लिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell