PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फरार सहकारी सञ्चालकको विरोधमा सांकेतिक शवयात्रा, माइतीघरबाट पुर्‍याए बानेश्वर

फरार सहकारी सञ्चालकको विरोधमा सांकेतिक शवयात्रा, माइतीघरबाट पुर्‍याए बानेश्वर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेपको सावा ब्याज तत्काल पाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न सहकारीबाट आफ्नो निक्षेप नपाएको भन्दै पीडित बचतकर्ता विरोध प्रदर्शन गर्दै आइतवार माइतीघरदेखि नयाँ बानेश्वर पुगेका हुन्। उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए। 

'ए सरकार, कि त खोला तारीदेउ कि त मारी देउ', 'ए सरकार, सहकारी बचतकर्ताले कहिले न्याय पाउने?' जस्ता नारा लेखिएको प्लेकार्ड बोक्दै उनीहरुले सञ्चालनमा रहेका बचन तथा ऋण सहकारी सञ्चालक समिति, कर्मचारी उनका परिवार आफन्त नातागोता र निजका तीन पुस्ते सम्पत्ति छानबिन र अनुगमन गर्नसमेत माग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell