PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चिटिक्क चाँगुनारायण : ६ दशकपछि रंगारोहणले खुल्यो मन्दिरको सुन्दरता

चिटिक्क चाँगुनारायण : ६ दशकपछि रंगारोहणले खुल्यो मन्दिरको सुन्दरता

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा अहिले रङ्गारोहण भएपछि मन्दिरको सुन्दरता खुलेको छ। ६ दशक पछि पहिलोपटक चाँगुनारायण मन्दिरमा रंगारोहण भइरहेको हो।

पछिल्लोपटक राजा महेन्द्रले २०१९ सालमा चाँगुनारायण मन्दिरमा केही जिर्णोदार र रंगरोगन गर्न लगाएका थिए। ६ दशक पछि रंग लगाउन क्रममा प्राकृतिक किसिमको रंग लगाइएको मन्दिरका पूजारीले बताएका छन्। भक्तपुरका चित्रकार आएर आफै रंग बनाएर रंगारोहण गरेका हुन्।

काठमाडौं उपत्यकाकै पुरानो मन्दिर मानिने चाँगुनारायण लिच्छवी रामजा हरिदत्त बर्माले निर्माण गर्न लगाएका हुन्।

२०७२ सालको भूकम्पले भक्तपुरस्थित चाँगुनारायण मन्दिरको केही क्षेत्रमा पनि क्षति पुगेको थियो। मन्दिर मर्मतसँगै यसपटक रंगारोहण गरिएको हो।

चाँगुनारायण मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि वस्तुकलाको नमुना हो। चातुष्कोण आकारको यो मन्दिरको पेटी एक तल्लाको मात्र छ भने मन्दिर दुई तल्लाको रहेको छ। मन्दिरका दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् भने दुवै तल्लामा ४० वटा टुँडालहरु रहेका छन्। प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन्। रंगारोहणका क्रममा यी टुँडालहरु पनि रंग्याइएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell