PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्कीको सर्वोच्चमा 'इन्ट्री' यस्तो

प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्कीको सर्वोच्चमा 'इन्ट्री' यस्तो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन्। शुक्रवार साँझ कार्की प्रधानन्यायाधीशका रुपमा पहिलोपटक सर्वोच्च छिरेका हुन्। कायममुकायम प्रधानन्यायाधीश रहेका उनलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ दिलाएका थिए।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित एक समारोहकाबीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन्।

संसदीय सुनुवाई समितिले शुक्रवार नै कार्कीलाई प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको थियो। यसअघि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा रहेका कार्कीलाई संवैधानिक परिषदले वैशाख २५ मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।

उनी छोटो कार्यकालयका लागि पदमा नियुक्त भएका हुन्। कार्कीलाई विभिन्न आरोप लगाएर २९ वटा उजुरी परेका थिए। उजुरीमाथि संसदीय सुनुवाइ समितिले अध्ययन गरेको थियो। उनी नेपालको ३० औं प्रधानन्यायाधीश भएका हुन्। 



ट्रेन्डिङ पोस्ट

Ncell