PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवार भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारततर्फ लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी छन्। भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

प्रधानमन्त्रीले बिहीवार जेठ १८ गते (१ जुन २०२३)मा भारत समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको परराष्ट्रले बताएको छ। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले जेठ २० गते (३ जुन) काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो। यस भ्रमणले नेपाल र भारतबिचको पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell