PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • काठमाडौंमा कति छ वायु प्रदुषणको असर? स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोले दिनेछ सन्देश

    काठमाडौंमा कति छ वायु प्रदुषणको असर? स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोले दिनेछ सन्देश

    काठमाडौ : आज विश्व स्वास्थ्य दिवस। यस अवसरमा आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा एक जोडी कृत्रिम फोक्सो राखिएको छ। सो कृत्रिम फोक्सोले काठमाडौंको हावा कति प्रदूषित छ भन्ने देखाउनेछ। सो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिबम्बित गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो फोक्सोलाई ३० दिन सोही स्थानमा राखिनेछ। सो अवधिमा फोक्सोको…

    विस्तृतमा पढ्नुस्

  • नगरकोटबाट टिलिक्क टल्कियो हिमाल

    नगरकोटबाट टिलिक्क टल्कियो हिमाल

    काठमाडौं : वसन्त ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्। नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ। मौसम अनुकूल भए सगरमाथासम्म नगरकोटबाट देखिन्छ। आजकल नगरकोटमा बिहानै टल्किएको हिमाल हेर्न मानिसहरु पुग्ने गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बिस्काको तयारी : भैरवनाथको रथ रङ्गिदै गर्दा टौमढीमा उल्लास

    भक्तपुरमा बिस्काको तयारी : भैरवनाथको रथ रङ्गिदै गर्दा टौमढीमा उल्लास

    भक्तपुर : अहिले काठमाडौं उपत्यका जात्रामय भएको छ। तीनैवटा जिल्लामा कुनै न कुनै दिन जात्रा पर्व चलिरहेकै छ। यसबिच भक्तपुरमा भने बिस्का जात्राको तयारी तीव्र गतिमा चलिरहेको छ। न्यातपोल मन्दिर रहेको टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण भइरहेको छ। चैत २७ गतेभित्रै काठैकाठले प्यागोडाशैली रथ निर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको छ। अहिले रथमा काठको कामका साथै रङ्ग लगाउने…

    विस्तृतमा पढ्नुस्

  • हल बोकेर सिंहदरबार अघि उभिए किसान, लगाए नारा : सुदखोरहरु होसियार

    हल बोकेर सिंहदरबार अघि उभिए किसान, लगाए नारा : सुदखोरहरु होसियार

    काठमाडौं : मिटरब्याज पीडितहरुले आज पनि राजधानीमा प्रदर्शन गरेका छन्। टेकुबाट हिँडेर माइतीघर पुगेका उनीहरुले भद्रकालीमा धर्ना दिएका थिए। मिटर ब्याज पीडितहरु करिब एकसाता अघि हिँड्दै काठमाडौं आएका थिए। उनीहरुले सरकारसँग न्याय माग्दै आएका छन्। केहीदिन अघि उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगसमेत भेटर आफ्नो समस्या सुनाएका थिए। उनीहरुले सिंहदरबार अघि प्रदर्शन गर्न लागेका थिए। तर, प्रहरीले भद्रकाली भन्दा अघि जान…

    विस्तृतमा पढ्नुस्

  • जब बाजाले गु्ञ्जियो जमल, अनि असन पुग्यो सेतो मछिन्द्रनाथको रथ

    जब बाजाले गु्ञ्जियो जमल, अनि असन पुग्यो सेतो मछिन्द्रनाथको रथ

    काठमाडौं : सधैँजसो सवारीसाधनको चाप रहने जमल क्षेत्रमा आज बिहानैदेखि माहोल बेग्लै थियो। तीनधारा पाठशाला अघि एक हप्ता अघिदेखि बनाउन सुरु भएको   वर्षा र सहकालका देवता करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथ निर्माण सम्पन्न गर्न गुठियारहरुलाई हतारो थियो।  दिन ढल्दै गर्दा जमल तीनधारा क्षेत्रमा मानिसको संख्या बढ्दै थियो। बाजागाजासहित युवाहरु त्यहाँ पुगिरहेका थिए। साँझ ६ बजे सेतो मछिन्द्रनाथको मन्दिर रहेको…

    विस्तृतमा पढ्नुस्

  • तीनधाराबाट सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा, पहिलोपटक महिलाहरुले मात्रै ताने रथ

    तीनधाराबाट सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा, पहिलोपटक महिलाहरुले मात्रै ताने रथ

    काठमाडौं : वर्षा र सहकालका देवता करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा सुरु भएको छ। आज दिउँसो तीनधारा पाठशालाबाट रथयात्रा सुरु भएको हो। सेतो मछिन्द्रनाथको मन्दिर रहेको जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजा गरि खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशाला अघि ल्याइएको थियो। त्यसपछि आज तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराइएको थियो। आज सयौं मानिसले तानेर घण्टाघर,…

    विस्तृतमा पढ्नुस्

  • महानगरले नदी किनारबाट ७ दिनभित्र हट्न 'अल्टिमेटम' दिएपछि सुकुम्बासीहरु आन्दोलनमा

    महानगरले नदी किनारबाट ७ दिनभित्र हट्न 'अल्टिमेटम' दिएपछि सुकुम्बासीहरु आन्दोलनमा

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सुकुम्बासीहरुलाई वाग्मती नदी किनारबाट हट्न फेरि समय दिएको छ। महानगरले ७ दिनको समय दिँदै विज्ञप्ति निकालेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन्। आज माइतीघरमा उनीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले बसोबासको अधिकार सुनिश्चित हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ताहरुलाई रिहा गर्न लगायतका माग राखेका छन्।

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा न्याय मागेर माइतीघर पुगे मिटरब्याज पीडित

    बालुवाटारमा न्याय मागेर माइतीघर पुगे मिटरब्याज पीडित

    काठमाडौं : मिटरब्याज पीडितहरुले माइतीघर पुगेर धर्ना दिएका छन्। आज बिहान बालुवाटारको टंगालमा धर्ना दिएका उनीहरुले अहिले माइतीघरमा प्रदर्शन गरिरहेका छन। मिटर ब्याजमा पैसा उठाउनेहरुलाई कारवाहीको माग गर्दै हिँड्दै काठमाडौं आइपुगेका उनीहरुले हिजो खुलामञ्चमा बस्ने प्रयास गरेका थिए। तर, काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनीहरुलाई रोकेको थियो। महानगरले खुलामञ्चमा बस्न नदिएपछि उनीहरुले रात खुलामञ्च बाहिरै बिताएका थिए। आज बिहान उनीहरुले टंगालमा…

    विस्तृतमा पढ्नुस्

  • खुल्लामञ्च छिर्न खोज्दा मिटर ब्याज पीडित र नगर प्रहरीको यस्तो घम्साघम्सी

    खुल्लामञ्च छिर्न खोज्दा मिटर ब्याज पीडित र नगर प्रहरीको यस्तो घम्साघम्सी

    काठमाडौं : मिटर ब्याजीलाई कारवाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर वालेन्द्र साह 'बालेन' विरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्। खुल्लमञ्च छिर्न नदिएपछि नगर प्रहरी र पीडितहरुबीच घम्साघम्सी चलेको छ। महोत्तरीको बर्दिवासबाट मार्च पास गर्दै आएका पीडितहरु विभिन्न नारासहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले मिटर 'ब्याजीलाई…

    विस्तृतमा पढ्नुस्

  • मिटर ब्याज पीडितलाई खुल्ला मञ्च छिर्न नदिएपछि मेयर बालेनविरुद्ध नाराबाजी

    मिटर ब्याज पीडितलाई खुल्ला मञ्च छिर्न नदिएपछि मेयर बालेनविरुद्ध नाराबाजी

    काठमाडौं : मिटर ब्याजीलाई कारवाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर वालेन्द्र साह 'बालेन' विरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्। महोत्तरीको बर्दिवासबाट मार्च पास गर्दै आएका पीडितहरु विभिन्न नारासहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले मिटर 'ब्याजीलाई कारवाही गर', 'मिटर ब्याजविरुद्ध कानुन निर्माण गर', 'झुटा मुद्दामा गिरफ्तार…

    विस्तृतमा पढ्नुस्

  • मिर्गौला पीडितको माग : सबै पालिकामा डायलासिस औषधि उपलब्ध गराइयोस्

    मिर्गौला पीडितको माग : सबै पालिकामा डायलासिस औषधि उपलब्ध गराइयोस्

    काठमाडौं : मिर्गौला हेमो डायलासिस गुणस्तर गर्न माग गर्दै मिर्गौला पीडित तथा उनीहरुका परिवारले माइतीघरमा प्रदर्शन गरेका छन्। मिर्गौला पीडित सरोकार समाज नेपालको आयोजनामा सोमवार दिउँसो माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले २०७८ चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले लागू गरेको दीर्घरोगीलाई औषधि उपचार भत्ता मासिक ५ हजार रुपैयाँ ५० प्रतिशत स्थानीय तहमा नपाएको गुनासो गरेका छन्। उनीहरुले ७५३ पालिकामा डायलासिस…

    विस्तृतमा पढ्नुस्

  • 'लिडार गन'को टार्गेटमा पर्नुहोला है!

    'लिडार गन'को टार्गेटमा पर्नुहोला है!

    काठमाडौं : काठमाडौंको जडिबुटीबाट कालो रंगको पल्सर बाईक तिब्र गतिमा हुईकिएर आइरहेको थियो। मध्यपुर थिमि क्षेत्रमा लिडार गनसहित ट्राफिक प्रहरीको जत्था तैनाथ थियो। प्रहरीले परैबाट मोटरसाइकलको गति पत्ता लगायो। 'लिडार गन'ले बाइकको चक्कामा प्रहरीले निशाना लगायो। प्रहरीले ५० मिटर पर बसेर लगाएको निशाना चालकले पत्तै पाएनन्। उनको बाइकको गति ८० प्रतिकिलो मिटर देखाएको थियो। त्यतिकैमा एक ट्राफिक प्रहरी बाइक भएतिर…

    विस्तृतमा पढ्नुस्

  • पाटनदेखि बालकुमारीसम्म एकल घोडा दौड, वल्खु चिबहा: का महर्जनहरुले जीवन्त बनाइरहेको पर्व

    पाटनदेखि बालकुमारीसम्म एकल घोडा दौड, वल्खु चिबहा: का महर्जनहरुले जीवन्त बनाइरहेको पर्व

    काठमाडौं : घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो। नेपाल सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्चपदस्थ अधिकारीहरु सहभागी भए, घोडा दौडको अवलोकन गरे। विशिष्ट व्यक्तिहरु सैनिक मञ्चमा कुर्सीमा विराजमान हुँदा सर्वसाधारण भने त्यही कार्यक्रमको एक झलक हेर्न टुँडिखेलका चारै कुनामा तँछाडमछाड गरिरहेका थिए। त्यही बेला पाटन दरबार क्षेत्रको चहलपहल पनि काठमाडौंको टुँडिखेल भन्दा फरक थिएन। त्यहाँ पनि…

    विस्तृतमा पढ्नुस्

  • सानो ठिमी क्याम्पसमा स्ववियु निर्वाचन : बाहिर मत माग्दै उम्मेदवार, भित्र लाइनमा मतदान

    सानो ठिमी क्याम्पसमा स्ववियु निर्वाचन : बाहिर मत माग्दै उम्मेदवार, भित्र लाइनमा मतदान

    भक्तपुर : भक्तपुरको सानो ठिमी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ।  बिहान ८ बजेदेखि क्याम्पसमा मतदान सुरु भएको हो। स्ववियु निर्वाचन प्रक्रियामा सहभागी हुन आज बिहानैदेखि विद्यार्थीहरु मतदान केन्द्र पुगिरहेका छन्। बिहानैदेखि विद्यार्थी लाइनमा बसेर मतदानमा सहभागी भएका छन्। देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा मतदान भइरहेको हो। मतदान दिउँसो ४ बजेसम्म हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • राजधानी बाहिरबाट मानिस ल्याएर लघुवित्तको विरोधमा माइतीघरमा प्रदर्शन

    राजधानी बाहिरबाट मानिस ल्याएर लघुवित्तको विरोधमा माइतीघरमा प्रदर्शन

    काठमाडौं : लघुवित्त संस्थाहरुको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ। लघुवित्तिय संस्थाविरूद्धको संघर्ष समितिले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो। टेकुमा भेला भएर त्रिपुरेश्वर हुँदै उनी माइतीघर पुगेका थिए। उनीहरुले ऋण मिनाहा हुनुपर्ने माग गरेका थिए। उपत्यका बाहिरबाट सयौंको संख्यामा मानिसहरु ल्याएर राजधानीमा प्रदर्शन गरिएको हो।

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासमा रामचन्द्रको 'इन्ट्री' र विद्यादेवीको 'एक्जिट'

    शीतल निवासमा रामचन्द्रको 'इन्ट्री' र विद्यादेवीको 'एक्जिट'

    काठमाडौं : रामचन्द्र पौडेलले आज संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रुपमा शपथ लिएका छन्। फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका पौडेल आज राष्ट्रपति निवास प्रवेश गरेका हुन्। शीतल निवासमा आयोजित विशेष समारोहमा पौडेले शपथ ग्रहण गरेका हुन्। नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्। शपथ ग्रहणपछि पौडेललाई निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आसन हस्तान्तरण गरेकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन : 'ब्याज दर चर्को भो, गरिखान गाह्रो भो'

    राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन : 'ब्याज दर चर्को भो, गरिखान गाह्रो भो'

     काठमाडौं : उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज पनि विरोध प्रदर्शन गरेका छन्। हिजो माइतीघरमा प्रदर्शन गरेका उद्योगीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक बाहिर विरोध प्रदर्शन गरेका हुन्। उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तिय समस्या समाधानको माग राख्दै विरोध गरिरहेका छन्। उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा सुकुम्बासी मोर्चाको प्रदर्शन, भूमि अभियन्तालाई रिहाइ गर्न माग

    माइतीघरमा सुकुम्बासी मोर्चाको प्रदर्शन, भूमि अभियन्तालाई रिहाइ गर्न माग

    काठमाडौं : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले माइतीघरमा प्रदर्शन गरेको छ। भूमि अभियन्ताको रिहाइको माग गर्दै मोर्चाले आइतवार प्रदर्शन गरेको हो। काठमाडौंका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीले दैनिक रूपमा प्रदर्शन गर्दै आएका छन्। आइतवार प्रदर्शनकारीहरुले ‘भूमि अभियन्ताहरुलाई निशर्त रिहा गर’, ‘बसोबासको अधिकार सुनिश्चित गर!’लगायत लेखिएको पम्पलेट्स प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • त्रिचन्द्र कलेजको वारिपारि बसेर नेविसंघ र अनेरास्वियुले गरे प्रदर्शन

    त्रिचन्द्र कलेजको वारिपारि बसेर नेविसंघ र अनेरास्वियुले गरे प्रदर्शन

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेको छ। त्यसका लागि त्रिविले आचारसंहितासमेत जारी गरिसकेको छ। तर, त्रिचन्द्र क्याम्पसमा भने भर्ना विवादका कारण स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रिचन्द्र क्याम्पसले मतदाता नामावलीसमेत ननिकालेको भन्दै केहीदिन अघि नेपाल विद्यार्थी संघले विरोध गरेको थियो। आज पनि नेविसंघले त्रिचन्द्र क्याम्पस अघिको बाटोमा प्रदर्शन गरेको हो। उनीहरुले त्रिविले…

    विस्तृतमा पढ्नुस्

  • बाइक स्टन्टसँगै पानी छ्यापाछाप गरि भक्तपुरमा मनाइयो होली

    बाइक स्टन्टसँगै पानी छ्यापाछाप गरि भक्तपुरमा मनाइयो होली

    भक्तपुर : आज फागु पूर्णिमा। देशभर होली पर्व मनाइँदैछ। भक्तपुरमा पनि हर्सोल्लासपूर्ण रुपमा यो पर्व मनाइँदैछ। होलीको अवसरमा भक्तपुरमा बाइक स्टन्ट प्रदर्शन गरिएको छ। भक्तपुरको हिडन एक्शन टीमले बाइक स्टन्ट प्रदर्शन गरेको हो। होलीको अवसरमा आयोजित स्टन्टमा भक्तपुर र काठमाडौंका राइडर सहभागी थिए। बाइक स्टन्टसँगै उनीहरुले पानी छ्यापाछाप गरेर होली मनाएका थिए।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell