PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तीनधाराबाट सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा, पहिलोपटक महिलाहरुले मात्रै ताने रथ

तीनधाराबाट सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा, पहिलोपटक महिलाहरुले मात्रै ताने रथ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : वर्षा र सहकालका देवता करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा सुरु भएको छ। आज दिउँसो तीनधारा पाठशालाबाट रथयात्रा सुरु भएको हो।

सेतो मछिन्द्रनाथको मन्दिर रहेको जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजा गरि खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशाला अघि ल्याइएको थियो। त्यसपछि आज तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराइएको थियो।

आज सयौं मानिसले तानेर घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याउने गरिन्छ। यसपटक महिलाले मात्रै रथ तानेर जात्रा सुरु गरेका हुन्। पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्‍याएका हुन्।

आज रथ असन पुर्‍याएपछि राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ पुगेर दर्शक गर्ने कार्यतालिका छ।

बिहीवार भने रथलाई असनबाट इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ। शुक्रवार रथलाई हनुमानढोकाबाट मरु, जैसीदेवल, मजिपात हुँदै लगन पुर्‍याइन्छ। लगनमा मछिन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाइने परम्परा छ। शुक्रवार लगन पुर्‍याइएको रथलाई शनिवार त्यही राखिनेछ। र, आइतवार रथबाट मूर्ति निकालेर खटमा राखेर पुनः जनबहालमा लगिन्छ।

अनुसार रथ यात्रा हुने मार्गहरुबाट प्रवेश हुने सबै प्रकारका सवारी साधनहरुलाई निषेध गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell