PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

पाटनदेखि बालकुमारीसम्म एकल घोडा दौड, वल्खु चिबहा: का महर्जनहरुले जीवन्त बनाइरहेको पर्व

पाटनदेखि बालकुमारीसम्म एकल घोडा दौड, वल्खु चिबहा: का महर्जनहरुले जीवन्त बनाइरहेको पर्व

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो। नेपाल सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्चपदस्थ अधिकारीहरु सहभागी भए, घोडा दौडको अवलोकन गरे। विशिष्ट व्यक्तिहरु सैनिक मञ्चमा कुर्सीमा विराजमान हुँदा सर्वसाधारण भने त्यही कार्यक्रमको एक झलक हेर्न टुँडिखेलका चारै कुनामा तँछाडमछाड गरिरहेका थिए।

त्यही बेला पाटन दरबार क्षेत्रको चहलपहल पनि काठमाडौंको टुँडिखेल भन्दा फरक थिएन। त्यहाँ पनि घोडेजात्रा हेर्न आउनेको भीड थियो। तर, त्यहाँ न त कुनै सरकारी ओहोदाको व्यक्ति थिए, न प्रशिक्षण प्राप्त सैनिकहरु कला प्रदर्शन गर्न आएका थिए।

मल्लकालबाट सुरु भएको यो जात्रालाई अहिले पनि वल्खु चिबहा: का महर्जनहरुले जीवन्त बनाइरहेका छन्। नेपालभाषामा ‘च्यो’ भनेको दरबारमा काम गर्ने सुसारेहरु।

कथन अनुसार एक दिन दरबारमा काम गरिरहेको एक च्यो तबेलामा घोडालाई स्याहारसुसार गर्न छोडेर थकित भएर निदाएछ। राजा भने घोडाको स्याहार नगरी च्यो कहाँ गयो भनेर खोज्नै बाध्य भएछ। निदाइरहेको च्योको टाउकोमाथि पाँचवटा टाउको भएको नाग बसिरहेको राजाले देखे।

राजाले आफू जस्तै बलियो र परिश्रमी च्यो देखेर छक्क परे। राजाले च्योलाई एक दिने राजकाजको जिम्मेवारी दिँदै एक दिनको लागि राजा बनाएर घोडा लिएर नगर परिक्रमा गर्न लगाए।

त्यहाँदेखि च्योलाई राजा बनाएको दिनको सम्झनामा आजसम्म पनि वल्खु टोलको भीमसेन गुठी च्यो खल: का सदस्यहरु मध्ये एक सदस्य घोडा चढेर एक दिनका लागि राजा बनेर नगर परिक्रमा गर्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell