PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हल बोकेर सिंहदरबार अघि उभिए किसान, लगाए नारा : सुदखोरहरु होसियार

हल बोकेर सिंहदरबार अघि उभिए किसान, लगाए नारा : सुदखोरहरु होसियार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटरब्याज पीडितहरुले आज पनि राजधानीमा प्रदर्शन गरेका छन्। टेकुबाट हिँडेर माइतीघर पुगेका उनीहरुले भद्रकालीमा धर्ना दिएका थिए।

मिटर ब्याज पीडितहरु करिब एकसाता अघि हिँड्दै काठमाडौं आएका थिए। उनीहरुले सरकारसँग न्याय माग्दै आएका छन्। केहीदिन अघि उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगसमेत भेटर आफ्नो समस्या सुनाएका थिए।

उनीहरुले सिंहदरबार अघि प्रदर्शन गर्न लागेका थिए। तर, प्रहरीले भद्रकाली भन्दा अघि जान नदिएपछि उनीहरुले त्यहीँ धर्ना दिएका थिए।

सरकारसँग सहमति भइसके पनि उनीहरु भूमि माग्दै प्रदर्शनमा उत्रेका हुन्। हल बोकेरै आएका किसानले नाराबाजी गरेका हुन्। उनीहरुले 'फर्जी तमसुक खारेज गर', 'भूमि लिलामी बन्द गर',  सुदखोर (धेरै ब्याज लिने साहु) हरु होसियार लगायतका नारा लगाउँदै ब्यानर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell