PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बालुवाटारमा न्याय मागेर माइतीघर पुगे मिटरब्याज पीडित

बालुवाटारमा न्याय मागेर माइतीघर पुगे मिटरब्याज पीडित

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटरब्याज पीडितहरुले माइतीघर पुगेर धर्ना दिएका छन्। आज बिहान बालुवाटारको टंगालमा धर्ना दिएका उनीहरुले अहिले माइतीघरमा प्रदर्शन गरिरहेका छन।

मिटर ब्याजमा पैसा उठाउनेहरुलाई कारवाहीको माग गर्दै हिँड्दै काठमाडौं आइपुगेका उनीहरुले हिजो खुलामञ्चमा बस्ने प्रयास गरेका थिए। तर, काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनीहरुलाई रोकेको थियो। महानगरले खुलामञ्चमा बस्न नदिएपछि उनीहरुले रात खुलामञ्च बाहिरै बिताएका थिए।

आज बिहान उनीहरुले टंगालमा प्रदर्शन गरेर प्रधानमन्त्रीसँग भेट्न पाउनुपर्ने माग गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै उनीहरुसँग भेट्ने तयारी गरेका छन्। सरकारले पीडितहरुसँग वार्ताका लागि समितिसमेत गठन गरिसकेको छ।

बालुवाटरमा 'न्याय' माग्दै धर्ना दिएका उनीहरु हिँड्दै माइतीघर पुगेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell