भक्तपुर : भक्तपुरको सानो ठिमी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। बिहान ८ बजेदेखि क्याम्पसमा मतदान सुरु भएको हो।
(1).jpg)
स्ववियु निर्वाचन प्रक्रियामा सहभागी हुन आज बिहानैदेखि विद्यार्थीहरु मतदान केन्द्र पुगिरहेका छन्। बिहानैदेखि विद्यार्थी लाइनमा बसेर मतदानमा सहभागी भएका छन्।
(1).jpg)
देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा मतदान भइरहेको हो। मतदान दिउँसो ४ बजेसम्म हुनेछ।
(1).jpg)
