PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

मिर्गौला पीडितको माग : सबै पालिकामा डायलासिस औषधि उपलब्ध गराइयोस्

मिर्गौला पीडितको माग : सबै पालिकामा डायलासिस औषधि उपलब्ध गराइयोस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिर्गौला हेमो डायलासिस गुणस्तर गर्न माग गर्दै मिर्गौला पीडित तथा उनीहरुका परिवारले माइतीघरमा प्रदर्शन गरेका छन्। मिर्गौला पीडित सरोकार समाज नेपालको आयोजनामा सोमवार दिउँसो माइतीघरमा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरुले २०७८ चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले लागू गरेको दीर्घरोगीलाई औषधि उपचार भत्ता मासिक ५ हजार रुपैयाँ ५० प्रतिशत स्थानीय तहमा नपाएको गुनासो गरेका छन्। उनीहरुले ७५३ पालिकामा डायलासिस औषधि उपलब्ध गराउन माग समेत गरेका छन्।

मिर्गौला प्रत्यारोपण/हेमो डायलासिस गराइरहेका साथै क्यान्सर, मेरुदण्ड पक्षघात रोगीलाई औषधि उपचार वापत मासिक ५ हजार रुपैयाँ भत्ता तुरुन्त लागू गर्न उनीहरुको माग छ।



ट्रेन्डिङ पोस्ट

Ncell