PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

खुल्लामञ्च छिर्न खोज्दा मिटर ब्याज पीडित र नगर प्रहरीको यस्तो घम्साघम्सी

खुल्लामञ्च छिर्न खोज्दा मिटर ब्याज पीडित र नगर प्रहरीको यस्तो घम्साघम्सी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटर ब्याजीलाई कारवाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर वालेन्द्र साह 'बालेन' विरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्।

खुल्लमञ्च छिर्न नदिएपछि नगर प्रहरी र पीडितहरुबीच घम्साघम्सी चलेको छ। महोत्तरीको बर्दिवासबाट मार्च पास गर्दै आएका पीडितहरु विभिन्न नारासहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले मिटर 'ब्याजीलाई कारवाही गर', 'मिटर ब्याजविरुद्ध कानुन निर्माण गर', 'झुटा मुद्दामा गिरफ्तार गरिएकालाई रिहा गर', 'तमसुक व्यवस्था खारेज गर' जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell