PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

काठमाडौंमा कति छ वायु प्रदुषणको असर? स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोले दिनेछ सन्देश

काठमाडौंमा कति छ वायु प्रदुषणको असर? स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोले दिनेछ सन्देश

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौ : आज विश्व स्वास्थ्य दिवस। यस अवसरमा आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा एक जोडी कृत्रिम फोक्सो राखिएको छ। सो कृत्रिम फोक्सोले काठमाडौंको हावा कति प्रदूषित छ भन्ने देखाउनेछ।

सो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिबम्बित गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो फोक्सोलाई ३० दिन सोही स्थानमा राखिनेछ। सो अवधिमा फोक्सोको रंग वायु प्रदुषणको प्रभावले परिवर्तन हुँदै जानेछ। यसबाट कसरी वायु प्रदुषणले हाम्रो फोक्सोलाई हानी गरिरहेको छ भनेर बुझ्न सकिने मन्त्रालयले जनाएको छ। कृत्रिम फोक्सोसँगै काठमाडौंको हावाको मापदण्ड पनि नियमति देखाइनेछ।

कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे सर्वसाधारण र सरोकारवाला निकायलाई सचेत गराउन खोजेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell