PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन : 'ब्याज दर चर्को भो, गरिखान गाह्रो भो'

राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन : 'ब्याज दर चर्को भो, गरिखान गाह्रो भो'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


 काठमाडौं : उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज पनि विरोध प्रदर्शन गरेका छन्। हिजो माइतीघरमा प्रदर्शन गरेका उद्योगीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक बाहिर विरोध प्रदर्शन गरेका हुन्।

उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तिय समस्या समाधानको माग राख्दै विरोध गरिरहेका छन्।

उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेर विरोध कार्यक्रम गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell