PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मिटर ब्याज पीडितलाई खुल्ला मञ्च छिर्न नदिएपछि मेयर बालेनविरुद्ध नाराबाजी

मिटर ब्याज पीडितलाई खुल्ला मञ्च छिर्न नदिएपछि मेयर बालेनविरुद्ध नाराबाजी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिटर ब्याजीलाई कारवाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर वालेन्द्र साह 'बालेन' विरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्।

महोत्तरीको बर्दिवासबाट मार्च पास गर्दै आएका पीडितहरु विभिन्न नारासहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले मिटर 'ब्याजीलाई कारवाही गर', 'मिटर ब्याजविरुद्ध कानुन निर्माण गर', 'झुटा मुद्दामा गिरफ्तार गरिएकालाई रिहा गर', 'तमसुक व्यवस्था खारेज गर' जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell