PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'लिडार गन'को टार्गेटमा पर्नुहोला है!

'लिडार गन'को टार्गेटमा पर्नुहोला है!

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको जडिबुटीबाट कालो रंगको पल्सर बाईक तिब्र गतिमा हुईकिएर आइरहेको थियो। मध्यपुर थिमि क्षेत्रमा लिडार गनसहित ट्राफिक प्रहरीको जत्था तैनाथ थियो। प्रहरीले परैबाट मोटरसाइकलको गति पत्ता लगायो।

'लिडार गन'ले बाइकको चक्कामा प्रहरीले निशाना लगायो। प्रहरीले ५० मिटर पर बसेर लगाएको निशाना चालकले पत्तै पाएनन्। उनको बाइकको गति ८० प्रतिकिलो मिटर देखाएको थियो। त्यतिकैमा एक ट्राफिक प्रहरी बाइक भएतिर गएर रोक्ने इसारा गरे। केही परबाट ट्राफिक प्रहरी देखेका युवकले बाइक रोके। उनीसँग त्यो भन्दा अर्को विकल्प पनि थिएन।

'सर तपाईंले ५० भन्दाबढी गतिमा बाइक चलाएकोले कारबाहीमा पर्नुभयो। बाइक साइड लगाएर कागजपत्र निकाल्नु होला,' डियुटीमा खटिएका एक प्रहरीले भन्दै थिए।

त्यतिकैमा उनले बाइक 'साइड' लगाए। त्यसपछि कागजपत्र देखाए। जब प्रहरीले जरिवाना दस्तुर काट्न खोजे उनले आफुले तिब्र चलाउनुको कारण प्रस्टाउन खोजे। तर, प्रमाणसहित भेटाएको प्रहरीले किन पो छोड्थ्यो र!  उनलाई तिब्र गतिमा चलाएको भन्दै दस्तुर काटियो। खिन्न अनुहार बनाएर युवक बाइक लिएर निस्किए।

अहिले कोटेश्वर कलङ्की सडक, कोटेश्वर भक्तपुर र महाशाखा कार्यालयमा लिडार गनको प्रयोग भइरहेको छ। जसमा दैनिक एक सय भन्दाबढी चालक कारबाहीमा पर्ने गरेका छन्। गनले १५० मिटर दुरीसम्म काम गर्छ। ५० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा सवारी आए सडकमा खटिएका ट्राफिकले यसैगरी जरिवाना दस्तुर काट्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell