PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

त्रिचन्द्र कलेजको वारिपारि बसेर नेविसंघ र अनेरास्वियुले गरे प्रदर्शन

त्रिचन्द्र कलेजको वारिपारि बसेर नेविसंघ र अनेरास्वियुले गरे प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेको छ। त्यसका लागि त्रिविले आचारसंहितासमेत जारी गरिसकेको छ।

तर, त्रिचन्द्र क्याम्पसमा भने भर्ना विवादका कारण स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रिचन्द्र क्याम्पसले मतदाता नामावलीसमेत ननिकालेको भन्दै केहीदिन अघि नेपाल विद्यार्थी संघले विरोध गरेको थियो।

आज पनि नेविसंघले त्रिचन्द्र क्याम्पस अघिको बाटोमा प्रदर्शन गरेको हो। उनीहरुले त्रिविले तोकेकै समयमा निर्वाचन हुनुपर्ने माग गरेका छन्।

अनेरस्ववियुलगायत ९ वटा संगठनले फागुन ४ गतेदेखिको भर्ना खारेज गर्नुपर्ने माग राखेपछि मतदाता नामावली प्रकाशन रोकिएको थियो। त्रिचन्द्र नेविसंघले भने यसको विरोध गरेको थियो। आज नेविसंघले प्रदर्शन गरिरहँदा अनेरास्वियूले पनि तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell