PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शीतल निवासमा रामचन्द्रको 'इन्ट्री' र विद्यादेवीको 'एक्जिट'

शीतल निवासमा रामचन्द्रको 'इन्ट्री' र विद्यादेवीको 'एक्जिट'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : रामचन्द्र पौडेलले आज संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रुपमा शपथ लिएका छन्। फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका पौडेल आज राष्ट्रपति निवास प्रवेश गरेका हुन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा पौडेले शपथ ग्रहण गरेका हुन्। नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्। शपथ ग्रहणपछि पौडेललाई निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आसन हस्तान्तरण गरेकी थिइन्। पौडेलको सम्मानमा नेपाली सेनाले टुँडिखेलमा २१ तोपको सलामी दिएको थियो।

यस्तै,  निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्षपछि शीतल निवासबाट बिहिरिएकी छिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मानसहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन्।

निवर्तमान राष्ट्रपति भण्डारी ७ वर्ष शीतल निवासमा थिइन्। उनले दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन्।

शीतल निवासबाट बाहिरिनु अघि राष्ट्रपति पौडेलले भण्डारीलाई विदाई गरेका थिए। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई मयुर भएको आँखीझ्याल उपहार दिएर बदाई गरेका थिए। भण्डारीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell